एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ साउन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी नामक यान सोमवार बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा सफलतलापूर्वक अवतरण गरेको छ।
समाचार एजेन्सीहरूका अनुसार यो यान मंगलग्रहमा पठाउन करीव १० वर्षको मिहेनत र २.५ अर्ब डलरको लागत लागेको थियो। क्युरियोसिटी यान मंगल ग्रहमा उत्रेपछि नासाका वैज्ञानिकहरुमा खुशियाली छाएको छ।
मंगल ग्रहमा जीवको अस्तित्व भए/नभएको बारे पत्ता लगाउन नासाका बैज्ञानिकहरूले यान सहितको रोबोट पठाएका हुन्। यो यानले २ वर्षसम्म मंगलग्रहबाट सूचना पठाउने जनाइएको छ।
पृथ्वीबाट ८ महिनाअघि २६ नोभेम्बर २०११ मा पठाइएको क्युरियोसिटी यानले मंगल ग्रहको सतहमा पुग्न करीव २४ हजार करोड मिलको दूरी तय गरेको थियो।
मंगल ग्रह मिसन एनिमेशन