Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अनारको उत्पादनमा अत्मनिर्भर बनाउने घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठाडौं, १८ साउन। नेपाल अनार संघले अनार खेतीलाई व्यवसायिकीकरण गर्दै गाउँ-गाउँसम्म पुर्‍याएर नेपाललाई अनारको उत्पादनमा आत्मनिर्भर देशको रुपमा परिचित गराउँने घोषणा गरेको छ।

नेपाल जस्तो कृषि प्रधान देशमा विदेशी अनारमा नेपाली उपभोक्ताहरु निर्भर हुनुपरेको अवस्था लज्जास्पद भएको भन्दै संघले अनारखेतीलाई अभियानको रुपमा लगि स्वदेशकै अनारबाट आत्मनिर्भर बनाएर नेपाललाई अनार खेतीको देशको रुपमा परिचत गराउने घोषणा गरेको हो।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले अनार खेतीका लागि राज्यले स्पष्ट नीति बनाई १० देखि ५० लाखसम्म र्निब्याजी ऋण उपलब्ध गराए आगामी १० वर्षभित्र आत्मनिर्भर बनाई छिमेकी देशलगायत युरोपसम्म अनारको बजार विस्तार गर्न विस्तृत अध्ययन गरेर निकास समेत गर्न सक्ने दावी गर्यो।

नेपाल अनार संघका अध्यक्ष हिरालाल आचार्य (अनार बाजे) ले आफू नेपाललाई अनार खेतीको देशको रुपमा परिचित गराउने अभियानमा लागेको बताउँदै सरकारले सहयोग गरे यो लक्ष्य पुरा गर्न धेरै समय नलाग्ने दावी गरे। अनार बाजेले भने- नेपालमा अनार खेती सम्भावानायुक्त नगदेवाली भएकोले यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्नु पर्छ। सरकारले अनार खेती गर्ने किसानहरुलाई तीन वर्षसम्म कृषि विकास बैक मार्फत र्निव्याजी सहुलियत ऋण उपलब्ध गराए यो लक्ष्य पुरा हुन्छ।

उनले अनार खेती गर्न इच्छुक कृषकहरुलाई प्रविधिक ज्ञान सीप तथा उन्नत जातका विउ विजन उत्पादन र प्राविधि सिपहरु प्रदान गर्न संघ तयार रहेको स्पष्ट पारे। उनले अनार खेतीसंगै सहायक बालीका रुपमा तरकारी खेती मसलाजन्य वनस्पती खेती पनि गर्न सकिने भएकोले यसबाट किसानहरुले दोहोरो आम्दामी गर्न सक्ने बताए।

हाल नेपालको रामेछापा, दोलखा, सिन्धुपालचोक,इलाम,कास्की र धादिङमा अनारको व्यावसायिक खेती सुरु गरिएको छ। नेपालमा अहिले विशेष गरी भारत ,पाकिस्तान अफगानिस्तान र खाडी मुलुकबाट अनार आयात हुने गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by