एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, १७ साउन। कमलविनायकस्थित नियोलोजियन एकेडेमीका प्रिन्सिपल सुजन पौडेल र लेखापाल विद्यालक्ष्मी साखकर्मीको रहस्यमय ढंगले हत्या भएको छ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पौडेल र साखकर्मीको शव ताथली ८ चुनदेवी इथोलमा फेला परेको प्रहरीले जनाएको छ। कौशलटारमा बस्दै आएका २९ वर्षीय पौडेल पोखरा उपमहानगरपालिका १६ का स्थायी बासिन्दा हुन्। २३ वर्षीया शाखकर्मी भक्तपुर ५ महालक्ष्मीस्थानकी हुन्। हत्याको आशंकामा प्रहरीले साखकर्मीका निकट मानिएका सुरेन्द्र खाइतु र अनुज झाडालाई मंगलबार राति नियन्त्रणमा लिएको छ।
Principal and Accountant killed in bhaktapur