Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अमन गुरुङको स्मृतिमा १० लाखको अक्षयकोष

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, स्वर्गीय अमन गुरुङको स्मृतिमा फूटवल प्रतियोगिता सञ्चालनार्थ १० लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ।

व्रिटिश सैनिकमा कार्यरत अमनको वेलायतमा असामयिक निधन भएपछि उनका सहकर्मी (गोर्खाज)ले अक्षयकोष स्थापना गर्नको निम्ति उक्त रकमको अक्षयकोष स्थापना गराएका हुन। उक्त रकमको व्याजले पोखरा रामबजार १०/१५ मा रहेको पोखरा भ्याली स्पोर्टस क्लबले प्रत्येक बर्ष स्वर्गीय अमनको स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम

नम्वरीहरू इन्टेक ०६, व्रिगेड अफ गोर्खाजका अध्यक्ष दुर्गाबहादुर पुनको नेतृत्वमा उनका सहकर्मीहरुबाट अमनको नाम अमर राख्न आफूहरुले उक्त रकमको अक्षयकोष स्थापना गरेको गोर्खाजका एक सदस्य सन्तोष श्रेष्ठले बताए।

एक समारोहबीच स्वर्गीय अमनका सहकर्मीहरुको एक टोलीले उक्त रकमको चेक क्लबका अध्यक्ष क्या.थमन सिह थापालाई हस्तान्तरण गरेका हुन्। त्यसैगरी गोर्खाजको टोलीले तायाः मचाः नाच समिति रामबाजरलाई समेत ७० हजार थप अक्षयकोष सहयोग चेक हस्तान्तरण गरेको छ। गोर्खाजको टोलीले तायाः मचाः नाच समिति रामबाजरका अध्यक्ष सम्मरबहादुर श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गरेको हो।

ब्रिटिश आर्मीमा रहदा समेत फुटवल खेल्दै आएका अमन खेलको दौरानमा घुँडामा चोट लागेपछि रेष्ट गरेर ब्रुनाईमै बसेको समयमा एक्कासी निधन भएको हो। उनको के कारणले निधन भएको भन्ने बारे अझै पुष्टि भएको छैन। केही महिनादेखि रेष्ट गरेकोले शरीर मोटो भएका कारण बिहान खाने खाएर सुतेपछि भोलिपल्ट उनलाई मृत अबस्थामा भेटिएको बताईन्छ। बाबु यमन र आमा गंगा गुरुङको कोखबाट २०४४ कार्तिक २१ गते अमनको जन्म भएको थियो। २०६९ वैशाख १० गते अमनको निधन भएको परिवारले जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली राष्ट्रिय खेलाडी विजयी गुरुङ र सविन्द्र श्रेष्ठलगायतलाई सम्मान पनि गरिएको छ। साथै ब्रिटिश आर्मीको राष्ट्रिय टिममा पर्न सफल राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठलाई समेत सम्मान गरीएको थियो। रामबजार क्षेत्रका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेलको माध्यमबाट रामबजार पोखराको नाम राख्न सफल भएको भन्दै क्लबले उनीहरुको सफलताको कामना गर्दै सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि भारतीय पेन्सन क्याम पोखराका कर्णेल हिमांष्शु बोहरा, क्लबका अध्यक्ष थमनबादुर थापालगायतले सम्मान गरेका थिए। क्लबका अध्यक्ष थमन वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य गणेशबहादुर भट्टराई, पोखरा ब्रिटिश क्याम्पका सेकेण्र्ड इन्चार्ज क्याप्टेन रविन्द्र तुलाचन, व्रिटिश आर्मीका राष्ट्रिय फुटवल खेलाडी सन्तोष श्रेष्ठ, गोर्खाज किरणसिंह परियार, क्लबका सल्लाहकार ज्ञानबहादुर थापा लगायतले बोल्नु भएका थिए।

२०४७ सालमा स्थापना भएको भ्याली स्पोर्टस क्लबले करीब ७ जना भन्दा बढी राष्ट्रिय खेलाडीहरु उत्पादन गरेको बताउदै समितिका सचिव सम्मरबादुर श्रेष्ठले स्वर्गीय अमनको स्मृतिमा अक्षयकोष स्थापना भएपछि अब आफूहरुलाई अवसरसंगै धेरै जिम्मेवारी थपिएको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by