Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

इफतारमा नेपाली समुदायको व्यापक सहभागिता

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा-कतार , कतारको गृह मन्त्रालय र शेख थानी विन अब्दुल्लाह फाउण्डेसन फर हयुमेनिटरियन सर्भिसेज (राफ) को सहयोग तथा प्रवासी नेपाली मुस्लिम सेवा समाज दोहा कतारलगायत अन्य मस्लिम समाजहरुको सक्रियतामा विगत वर्षहरुमा झैं यसवर्ष पनि वृहत इफतार कार्यक्रमको सम्पन्न भयो।

प्रवासी नेपाली मुस्लिम सेवा समाज कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली मुस्लिम समुदाय लगायत कतारस्थित विभिन्न संघसस्थाहरुको व्यापक सहभागिता रहेको थियो।

तस्विरहरूः तिलविक्रम थेवे / एचकेनेपाल डट कम

नेपाली दूतावासका राजदूत डा. माया कुमारी शर्मा प्रमुख आतिथि रहेको सो कार्यक्रममा नेपाली मुस्लिम, गैरमुस्लिम गरी २२सय भन्दा बढीको सहभागिता रहेको थियो। प्रमुख अतिथि राजदूत डा.शर्माले वृहत इफ्तार कार्यक्रमका आयोजकलाई धन्यवाद दिदैं यसरी संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममार्फत दुइ मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताइन्। सबै समुदायबीच भाइचाराको सम्बन्ध अझै बलियो बनाएको कुरा व्यक्त गर्दै मिनिष्ट्री अफ इन्टरियर (गृह मन्त्रालय), जनसर्म्पर्क विभागले नेपाली समुदायको माझ यो वृहत पवित्र कार्यक्रममार्फत कतारको नियम कानुनको वारेमा जानकारीमूलक जनचेतना अभियान फैलाउदै जनचेतना अभिवृद्धि गरेकोमा दूतावास र व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्दै पवित्र रमादानको शुभकामना दिइन्। कतार सरकारले नेपाली श्रमिकहरुका लागि थप वैदेशिक रोजगारीको अवसर दिएकोमा समेत कतार सरकारप्रति आभार व्यक्त गरिन्।

विशेष अतिथी एनआरएनए आइसीसीका सचिव टि.वी. कार्कीले यो महान इफतार कार्यक्रम मार्फ भाइचारा र सामुदायिक एकताको सन्देश गएको भन्दै सो कार्यक्रमको लागि कतार सरकार र आयोजकलाई धन्यवाद दिदै रमादानको शुभकामना दिएका थिए।

शेख थानी विन अव्दुल्लाहका प्रतिनिधी उक्त संस्थाका मैनेजर हानी साहिया अल तामिनीले मानव कल्याणकारी संस्था “राफ” का तर्फबाट इफतार कार्यक्रमको आयोजना गर्नमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने प्रवासी नेपाली मुस्लिम सेवा समाज र समाजका अध्यक्ष मक्सुल आलम लगायत इफतारमा सहभागिता जनाएका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिदै आगामी वर्षमा इफतारमा अझै विशाल सहभागिताको अपेक्षा गर्दै इफतार दिने प्रतिवद्धता जनाए।

मिनिष्ट्री अफ इन्टेरियर (गृह मन्त्रालय) जनसर्म्पर्क विभागका प्रतिनिधी फैसल अल हद्वीले यो पवित्र कार्यक्रममा नेपाली राजदूतको उपस्थितिको लागि नेपाली दूतावास र राजदूतप्रति कृतज्ञता व्यक्त गर्दै अत्यन्त अनुशासित ढंगले, वृहत कार्यक्रमलाइ सफल बनाउन महत्वपूर्ण योगदान गरेकोमा प्रवासी नेपाली मुस्लिम सेवा समाज, अन्य मुस्लिम समाज तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका सभापति मक्सुद आलमले कार्यक्रमको आयोजनाका लागि कतारको गृह मन्त्रालय, कतारको शेख थानी विन अब्दुल्लाह फाउण्डेसन फर हयुमेनिटेरियन र्सर्भिसेज (राफ) को सहयोग र योगदानको लागि आभार व्यक्त गर्दै यस कार्यक्रम मार्फत नेपाली समुदायका सम्पूर्ण मुस्लिम तथा गैरमुस्लिम, मधेस, पहाड हिमाल सबैमा एकता र भाइचाराको सुखद सन्देश गएको कुरा व्यक्त गर्दै सवैको सहभागिताको लागि धन्यवाद दिएका थिए।

अतिथिहरु नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रमेश भट्ट, लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरी गैरे, एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ, आदिवासी प्रवासी जनजाती महासंघका महासचिव विनेस तामाङलगायतले यस कार्यक्रमले भाइचारा र एकताको सन्देश विश्वभरी दिएको भन्दै रमादानको शुभकामना व्यक्त गरेका थिए।

अन्य अतिथिको रुपमा समाजसेवी तथा व्यवसायी सागर नेपाल, विभिन्न संघसस्थाका प्रतिनिधीहरु रहनुका साथै बुद्धिजीवी, विभिन्न मिडीयाका पत्रकार, सवाददाता र मिडीया प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो। सो कार्यक्रममा पहिलो पटक नेपाली महिला समाजले पनि सहभागिता जनाउदै समाजका तर्फबाट नेपाली महिला दिदीबहिनीहरुले व्यापक सहभागिता जनाएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by