एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १३ साउन। मिस लिटिल वल्ड पोखराको उपाधि दिया राना र करुणा पहारीले चुमेका छन्।
तस्विरः उमेश पुन / एचकेनेपाल डट कम
द लुक्स फेसन होम्सको आयोजनामा सम्पन्न भएको मिस लिटिल वल्ड पोखराको सिनियरतर्फ रानाले र जुनियरतर्फ पहारीले ताज पहिरिएका हुन्।
प्रतिस्पर्धामा सिनियरतर्फ अञ्जली तिवारीले फस्ट रनर अप र सलिना गुरुङले सेकेन्ड रनर अपको उपाधि जितेका हुन्। त्यस्तै जुनियरतर्फ अनिशा गुरुङले फस्ट रनर अप र शेजल गुरुङले सेकेन्ड रनरअफको उपाधि हात पारेका हुन्।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कृत गरिएको थियो। भिवर च्वाइसमा आयुषा घले, मस्ट सुइटमा क्रिष्टी राई, मस्ट किउटमा क्रिष्टीना गुरुङ, मस्ट इन्टेलिन्टमा करुणा पहारी, मस्ट फ्रेङलीमा आयुषा घले, वेष्ट लुकमा शेजल गुरुङ, वेष्ट वाकमा अनीषा गुरुङ, वेष्ट पेष्टरमा शुप्रिमा तुलाधर, मस्ट पङचुवलमा रोजिना मल्ल, वेष्ट हेयरमा रहिमा थापा पुरस्कृत भएका छन्।
त्यसैगरी, वेष्ट ड्रेसमा रक्षा श्रेष्ठ, वेष्ट प्रस्नालिटीमा शलिना गुरुङ, मस्ट डिसिप्लिनमा समिता गुरुङ, मस्ट कन्फिडेन्टमा श्रीया श्रेष्ठ, फोटो जेनिकमा उर्वशी क्षेत्री, हाइजेनिकमा दिया राना, मस्ट स्टाइलिस्टमा रेश्मा गुरुङ, वेष्ट डान्सरमा शैश्री थापा, वेष्ट प्रफोमेन्स्मा अञ्जली तिवारी, मस्ट क्रियटिभमा अश्विना कतिला पुरस्कृत भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्री समाज नेपालका महासचिव कुमार खड्का, निर्णायक मिस लिटिल वल्ड नेपालका नेशनल डिरेक्टर दीपेन्द्र शाक्य, सिसेस नेपाल २०११ की फस्ट रनर अफ अर्चना शर्मा, कम्प्यूटर इन्जिनियर प्रकाश गुरुङ, मिस क्षेत्री दीपिका पहारी, राष्ट्रिय कोरियोग्राफर मनीष शाक्य, द लुक्स फेसन होम्सका निर्देशक रवीन्द्र बज्राचार्य, कोरियोग्राफर सुरक्षा गुरुङले प्रतियोगितामा विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए।
सुदीप गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पोखरा एफ.एमकी प्रस्तोता मोनिका रानाले गरेकी थिइन्।