सागर राज तिमिल्सिना / एचकेनेपाल डट कम-
पोखरा, १२ साउन । नेपालबाट ३० औ गृष्मकालीन ओलम्पिकको समाचार संकलनका लागि लन्डन पुगेको पत्रकारको टोलीलाई सहारा एफसी युकेले स्वागत गरेको छ।
स्वागत कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुलप्रसाद आचार्य, तमुधि युकेका अध्यक्ष मुछेन्द्ध गुरुङ, सहारा युकेका अध्यक्ष नविन गुरुङ, रिडिङ्गका अध्यक्ष महेश गुरुङलगायतले स्वागत गरका थिए।
नेपालबाट ३० औ गृष्मकालीन ओलम्पिकको समाचार संकलनका लागि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एंव विविसि नेपाली सेवामा कार्यरत निरन्जन राजंवशी, नागरिक दैनिकका अजय फुयाल र नेपाल टेलिभिजनका सन्जीव सिल्पकार लन्डन पुगेका छन्।
स्वागत कार्यक्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन राजंबशीले सहारा एफसी युकेले पोखराको खेलकुदको विकास लागि गरेको सहयोगका कारण देशले नै फाइदा लिएको बताए। उनले नेपाल बाहिर जादाँ आफूहरुले पाएको सम्मानले अझ प्रेरणा बढेको बताए।
तस्विरहरूः मिलन तमु / एचकेनेपाल डट कम
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस