Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यस कारण संबिधानसभा असफल भयोः शंकर पोखरेल

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, साउन १३ । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका सचिव शंकर पोख्रेलले नेपालको संविधानसभा साम्राज्यवादी राष्ट्रहरुको एसिया रणनीतिक कारण अवसान भएको बताएका छन्।

एमाले नगर कमिटिद्धारा शनिबार धरानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै पोख्रेलले साम्राज्यवादी, पूजीवादी शक्तिहरुले एसियामा आफ्नो प्रभुत्व जमाउनको लागि नेपाललाई उपयोग गर्ने रणनीति अनुरुप संविधानसभा असफल बनाएको दाबी गरेका छन्।

अमेरिकाको गुप्तचर संस्था सिआइएको रणनीतिअनुरुप नेपालमा एनजिओ, आइएनजीओमार्फत पहिचानको राजनीतिको बखेडा झिकेर संविधानसभा विघटन गराएको उनको भनाई थियो। एसियाका दुइ ठूला शक्तिशाली मुलुक भारत र चीनलाई कमजोर बनाउनको लागि अमेरिकाको गुप्तचर संस्था सिआइएको योजना अनुरुप नै संविधानसभा विघटन भएको उनको आरोप थियो। साथै उनले नेपालको संविधानसभा विघटन हुनुमा यहाँको राजनैतिक दलहरुलाई दोष दिएर वदनाम बनाइएको भन्दै उनले संविधान सभा विघटनमा यहाँका राजनीतिकदल दोषी नरहेको दावी गरे।

पोखरेलले अमेरिका नेपालको राजनीति सधै अस्थीर बनाइराख्न र यहाँबाट भारत, चीनमाथि प्रभुत्व जमाउन चाहिरहेको बताए। साम्राज्यवादसँग लड्ने शक्तिको रुपमा एसियाका भारत र चीन अर्थिकरुपमा शक्तिशाली राष्ट्रको रुपमा उदाउदै गरेकोले ती दुवै राष्ट्रलाई कमजोर बनाउनको लागि अमेरिकाले नेपाललाई सधै कमजोर बनाउन चाहेको उनले बताए। यस अघि पनि सिआइएले चीनमाथि प्रभुत्व जमाउन खम्पा विद्रोहको योजना बनाएको भए पनि त्यतिबेला संगठितरुपमा जनताको साथ पाएर बसेका कम्युष्टिहरुलाई हतियारले मात्रै जित्न सकिदैन रहेछ भन्ने सिआइएले निष्कर्षले अहिले पहिचानको मुद्दा उठाएर उसले नेपाललाई कमजोर बनाएर चीन, भारतमा प्रभुत्व कायम गर्न चाहेको उनको भनाई थियो।

अर्थतन्त्रको रुपमा उदाएको र रएमाले केन्द्रीय कार्यालय सचिव तथा संघीय मामिला विभाग प्रमुख पर्शुराम मेघी गुरुङले मुलुकलाई संविधान र जनप्रतिनिधिविहिन बनाउने प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाए।

एमाले केन्द्रीय सदस्य एवं कोशी अञ्चल कमिटि संयोजक राजेन्द्र गौतमले आफ्नो पार्टीले केही समय संविधानसभाको काम गर्ने गरि संसदको चुनावको पक्षमा रहेको वताउदै एमाओवादी अध्यक्ष संविधानसभा पुनर्स्थापना र त्यही पार्टीले प्रधानमन्त्री पुनः संविधानसभा चुनावको कुरा उठाइरहेपनि ती दुवै विकल्प असान्दर्भिक र अनुपयुक्त भएकोले नयाँ संसदको निर्वाचन हुनुपर्नेमा जोड दिए।

Watch Video: Video by Santosh Kafle/ HKNepal.com

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by