सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ १ दशकअघि रुंदै यो गीत गाउने गायक प्रकाश पौडेल २-४ दिन यता भनें हासेको हास्यै छन्।
हास्ने गीत गाएका प्रकाशको यो पछिल्लो हास्ने गीतको प्रयोग दर्शक स्रोताले मनपराइसकेका छन्। हाहाहाहाहाहाहा शीर्षको यो गीतको म्युजिक भिडियोको निर्देशन सुरज श्रेष्ठले गरेका हुन्। हसाउने यो गीतमा हास्यव्यंगका चर्चित कलाकार तोक्मे बुढा अर्थात विल्सन विक्रम राईले अभिनय गरेका छन्।
हाँस्ने शैलीको यो गीतका साथ प्रकाशले सिक्स मच गीतिसंग्रह ल्याउने बताए। यो गीतले हास्य थेरापीको काम पनि उत्तिकै गर्न सक्छ। गीतको अन्तरामा महानायक राजेश हमाल सम्बन्धी जोक्स र एक अर्को जोक्स पनि राखिएको छ। सुनुन्जेल आनन्द मिल्ने यो गीत दर्शक स्रोतामाझ लोकप्रिय भैसकेला हौसला मिलेको प्रकाशले बताए।
प्रकाशले कसैलाई नभन्नु ल….. खासखुस गरेर गाएको गीत पनि सञ्चारमाध्यमहरूमा खुबै जमेको थियो। त्यसपछि उनको अर्को संग्रह आयो ‘रेस थ्रि’ । उक्त संग्रहमा उनले अर्का गायक प्रकाश ओझाको सुकेको ज्यानमा आधारित भएर ‘डाक्टर सा’ब भिटामिन लेखिदिनु न….’ प्रयोग गरे। यो गीतको म्युजिक भिडियोमा उनले गायक ओझालाई नै खेलाएका थिए। रेस थ्रिकै रिमिक्स गीत घाँस काट्नु खुर्केर… को म्युजिक भिडियोमा प्रकाश पाइन्ट खोलेर भागेको दृष्य छ।
यो बीचको करिब दुइवर्ष उनी कतारमा कार्यरत रहे। त्यसपछि गीतिसंग्रह ‘साइको’ लिएर उनी श्रोतामाझ आए। यो संग्रहमा गायक पौडेलले अरबी र नेपाली संगीतको मिक्स स्वरूप हबीबी (प्यारी) गीतलाई पनि समावेश गराएका थिए। उम्मा… गरी पप्पी मागेको किसिङ साउन्डको प्रयोग यो संग्रहको गीतमा छ।
पछिल्लो अवधिमा उनले ‘काले’ गीतिसंग्रह बजारमा ल्याए, यसमा उनले वानसट भिडियो र कुखुरासँगको म्युजिक भिडियो खेलेर चर्चा कमाएका थिए।