एचकेनेपाल डट कम संवाददाता-
पाल्पा, १३ साउन । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बीआर १ वाई ए ४६७८ नम्बरको भारतीय जीप तानसेन-तम्घास सडक अन्तर्गत जोर्तेमा दुर्घटना भएको हो। भारतबाट अस्तु सेलाउन आएको जीप राति करीव १२ बजे दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। विहान मर्निङवाकको लागि निस्केका मान्छेहरूले बिहान ७ बजेतिर जीप दुर्घटना भएको देखेका थिए।
जीप दुर्घटनामा १३ जनाको घटनास्थलमै र १ जनाको मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको डिएसपी मिरा चौधरीले बताइन्। मृत्यु हुनेहरूमा ९ महिला, ४ बालबालिका र २ पुरुष छन्। दिल्लीमा बस्दै आएको गुल्मी ठोर्गाका सतेन्द्र लामिछाने मगरका परिवारको सदस्यहरू दुर्घटनामा मृत्यु भएको हो। भारतमा मृत्यु भएका पिता धनबहादुरको अस्तु विर्सजनको लागि पुर्ख्यौली भूमि आएका उनीहरूको जीप दुर्घटनामा मृत्यु भएको हो। घटनामा भारतीय जीप चालकको समेत मृत्यु भएको छ। घटनामा घाइते भएका दुइजनाको उपचार भइरहेको छ।
Watch Video: