एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १२ साउन । सौन्दर्य ब्यवसायीहरुले सौन्दर्य व्यवसायलाई शैक्षिकस्तरमा लगेर सिटीइभिटी र सौन्दर्य ब्यवसायीहरुको छाता संगठन एवीसी हेन्सड्सको सहकार्यमा ब्युटिसियन कलेज स्थापना गर्ने भएका छन्।
सौन्दर्य व्यवसायीहरुको छाता संगठन सौन्दर्य व्यवसायीका सिर्जनशील हातहरु (एविसी हेन्ड्स) संघ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनीहरुले त्यस्तो जानकारी दिएका हुन।
सौन्दर्य व्यवसायीहरुको सशक्तिकरण र आर्थिक रुपमा सबल बनाउँदै सौन्दर्य ब्यवसायलाई पूर्ण रुपमा ब्यवसायिक बनाउन एवीसी हेन्ड्स नामक संस्था गठन गरेको उनीहरुले बताए।
पत्रकारसम्मेलनमा सौन्दर्य व्यवसायीहरुले मुलुक भरमा रहेका चालिस हजार सौन्दर्य व्यवसायीहरुलाई एउटै छाता मुनि ल्याएर उनीहरुको वृद्धि विकासका लागि संघ लागि पर्ने बताए।
पत्रकार सम्मेलनमा बोल्दै नारीका सम्पादक तथा संघका बरिष्ठ सल्लाहकार सुवाष ढकालले महिलाहरुको बाहिरी सुन्दरता मात्र सुन्दरता नभएको भन्दै उनीहरुको भित्री गुण र ज्ञानलाई बाहिर ल्याउन सक्ने ब्युटिसियनहरुको संघलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस