टेक नेपाली/ एचकेनेपाल डट कम-
पेरिस, निजी भ्रमण भन्दै फ्रान्सको राजधानी पेरिस आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले युरोपमा रहेका राजावादी नेपालीहरुसंग भेटघाट गरेका छन्।
भेटघाटको क्रममा यहाँका राजबादीहरूले नेपाल अब बिदेशी पोल्टामा जान सक्ने खतरा रहेको भन्दै राजसंस्था पुनर्स्थापना गर्नको लागि आफूहरुबाट सक्दो बलिदान दिन तयार रहेको बताएका छन।
भेटको क्रममा राप्रपा पूर्व केन्द्रीय सदस्य लालबहादुर नेपालीले राजावादी त त्यसै राजाका कै हुन् भन्दै कांग्रेस एमालेको साथ लिदै र माओवादीको निराशा खेमा कार्यकर्तालाई राजसंस्थामा तान्नु पर्ने बातावरणमा बनाउनु पर्ने बताए।
जर्मनीमा रहेका शिव सेनाका युरोप संयोजक शैलेन्द्र भट्टले युवा जगतलाई नै अघाडि बढाउनु पर्ने बताए। बेल्जियम राप्रपाका अध्यक्ष सुरेन्द्र आमात्यले युरोप भरिको राजावादी सम्मेलन गर्न लागेको कुरा राखे भने युके राप्रपाका संयोजक रोशन सापकोटाले हिमानी ट्रष्टमार्फत सामाजिक कार्य तीब्र रुपमा अगाडि बढाउने पर्ने आवश्यकता औल्याए।
त्यस्तै, डेनमार्क राप्रप्रा भात्रृ संगठनका सचिब रमेश राज कालोटोपीले जनता आउं- राजसंस्था बचाउको नारालाई अघाडि सार्नु पर्ने बताए। साथमा स्पेनका सुवास बिष्ट, बेल्जियमका धीरज मल्ल, दीपेन्द्र केसी, राजन बस्नेतलगायत अन्य युरोप मुलुकका नेपालीहरुले आ- आफ्नो बिचार राखेका थिए।
सबैको विचार सुनेपछि प्रतिउत्तरमा संक्षिप्त कुरा राख्दै पूर्वराजा शाहले मैले यो गर्नु उ गर्नु भनेर निर्देशन नदिने बताउदै राष्ट्र बचाउन जनता नै अगाडि सर्नु पर्ने बताए। बिदेशी भूमिमा बस्दा नेपालीहरु कष्ट दु:खसंग रहेको अवस्थामा पनि देशको बढी माया गर्ने देखेकोमा आफूलाई खुशी लागेको बताए।
गत १६ जुलाइ पेरिस आइपुगेका पूर्वराजा शाह विहीवार नै दुबइतर्फ प्रस्थान गर्ने बताइएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस