Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कथा दुर्व्यसनी छोरीको

दिलिप गुरुङ / एचकेनेपाल डट कम-
काठमाडौं, मातृवियोगको पीडा कतिसम्म घातक हुनसक्छ? सायदैले महसुष गरेका होलान्। नम्रता श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘रुने गर्छु म’ ले गहिराइमा पुगेर यहि पीडालाई पर्दामा उतारेको छ।

पतिबाट प्रताडित पत्नीले आत्महत्या गरेपछि तिनको छोरी विचल्लीमा पर्छिन्। भविष्यको बाटो विराएको उनी अन्ततः कुलतमा फस्न पुग्छिन्। यहि विषयको सेरोफेरोमा घुमेको म्युजिक भिडियो हाम्रो सामाजिक कुरुपता उदांगो पारेको छ।

ब्लुज रक संगीतको क्षेत्रमा अलग्गै पहिचान वनाउदै आएको सावनदेव एन्ड द ब्ल्याक हकको नयाँ गीति संग्रह ‘एक विश्वास’ मा समेटिएको गीत हो यो। एल्वममा फास्ट तथा स्लो रक फ्लेवरका ११ गीत समावेश छन्। व्यान्डको यो तेस्रो एल्वम हो। यसअघि व्यान्डले मिड नाइट र सिक्स स्ट्रीङ्स शीर्षकमा दुइ एल्वम बजारमा ल्याइसकेको छ।

शीर्ष गीत एक विश्वाससहित रुने गर्छुमा, रक्सीको जातै यस्तै गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ। एल्वमको चारवटा गीत जर्मनी रेकडिष्ट स्टिबले रेकर्डिङ गरेका हुन्। यसमा शव्द/संगीत/स्वर सावनदेव श्रेष्ठको रहेको छ। सावनदेव नेपाल प्रहरीको सिम्फोनिक अर्केष्टा ब्यान्डमा पनि आवद्ध गायक हुन्। समूह अर्न्तगत ड्रममा उमेश श्रेष्ठ, रिदम गितार र भोकलमा गौतम तण्डुकार, वास गितारमा सुरेश महर्जन छन्। उमेश केजेन म्युजिक एकेडेमीका संस्थापक हुन् भने सुरेश ललितकला क्याम्पसमा संगीतमा स्नातक गर्दैछन्। यसैगरी गौतम गितार प्रशिक्षकका रुपमा कार्यरत छन्।

काठमाडौंको दशरथ रंगशाला, जावलाखेल, टुडिंखेल, लूभु लगायतमा व्यान्डले कर्न्सट गरिसकेको छ। यसैगरी सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रमा पनि थुप्रै पटक कर्न्र्सट गरिसकेको छ। आगमी सेप्टेम्वरमा फ्रान्समा व्यान्डले कर्न्र्सट गर्दैछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by