Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूर्वमन्त्री गोविन्दराज जोशीलाई डेढ वर्ष कैद, २ करोड जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १० साउन। विशेष अदालतले पूर्वमन्त्री एवं कांग्रेसका नेता गोविन्दराज जोशीलाई दोषी ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार जरिवानाको फैसला सुनाएको छ।

अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले नेपाली जोशीलाई बुधवार उक्त सजायको फैसला सुनाएको हो।

तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदीय दुरूपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले म्याद नाघेको भन्दै उक्त मुद्दाको आरोपपत्र खारेज गरिदिएका थिए। तर, सर्वोच्च अदालतले करीव पाँच वर्षपछि गत पुस २४ गते जोशीको मुद्दा उल्टाएको थियो।

मुद्दामा उनका छोरा दिनेशराज जोशी, सासु नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारीसमेत प्रतिवादी छन्। जोशीले अवैध रूपमा कमाएको अकुत सम्पतिलाई लुकाउन उनीहरूको प्रयोग गरिएको अनुसन्धान आयोगको दाबी रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by