Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानमा बोलबमको रौनक

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ८ साउन । पूर्वको सुन्दर नगरी धरान अहिले गेरु वस्त्र मय बनेको छ। साउन महिनाको पहिलो सोमवारदेखि नै धरानमा गेरु वस्त्र लगाउनेहरुको घुइचो लाग्ने गरेको हो।

पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीय स्थाल सुनसरीको धरानस्थित विजयपुरको पिण्डेश्वर बाबाधाममा आज दोस्रो सोमबारदेखि श्रद्धालुहरुको भक्तजनको भिड एकाएक बढेको छ। विगत २९ बर्ष अगाडिदेखि सुनसरीको चतराको कोशीको जल खाली खुट्टा बोकेर धरान १४ स्थित रहेको पिण्डेश्वर बाबाधाममा ल्याई चढाउनेको संख्यामा भएको वृछिसंगै अहिले युवायुवतीको संख्या समेत अत्याधिक हुने गरेको छ। प्राय युवा युवतिहरु बोलबममा धर्म सगै भेटघाट र रमाइलोको लागि सहभागी हुने गरेका छन्।

गेरुवत्र लगाएर सुनसरीको चतरावाट १६ किलो मिटर पैदल यात्रा गरेर सप्तकोशीवाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा रहेको वावाधाममा जल चढाउने तथा स्थानियहरुको विहानैदेखि नै भिड लागेको छ। यहाँ प्रत्येक वर्ष श्रद्धालु भिड लाग्ने भएको भए पनि व्वस्थापनमा भने ध्यान पुगेका देखिदैन। सरसफाइ शौचाललय तथा पानी र विजुलीको समेत राम्रो व्यस्वथा गरिएको छैन।

विशेष गरी बृद्धबृद्धाहरु धर्मकर्म गर्न बढी रुचाउने भए पनि बोलबममा जानेको संख्यालाई हेर्ने हो भने पछिल्लो समयमा आएर युवायुवतीको संख्या बढेको हो। युवायुवतीहरु प्राय गरेर आफ्नो मनोकांक्षा पूरा गर्ने भन्दा पनि रमाइलोको लागि जानेगरेको पाइएको छ। अन्य स्थानमा भेट्न नपाउने जोडाजोडीहरु बोलबम जाँदा घरका मुलीले समेत शंका नगर्ने कारणले गर्दा यो डेटिङको रुपमा समेत परिमार्जित हुदै गएको हो।

गेरु बस्त्र लगाएर चतराबाट पानी ल्याई पिण्डेश्वर मन्दिरमा पानी चढाउनका लागि लाइनमा लागेका इटहरी निवासी २५ वर्षीय अमर राउत आफूलाई बोलबम जादा रमाइलो लागेको बताए। उनले साथीभाइसंग खाली खुट्टा हिड्दा समेत कुनै थकाई महसुस नभएको र बरु चतराबाट धरान आउन लागेको समय समेत आफूलाई पत्तै नभएको बताए। यस्तै इटहरीको जनता उच्च माविमा कक्षा १० मा अध्ययरत निरु श्रेष्ठले समेत आफूलाई बोलबम जादा रमाइलो लागेको बताइन्। उनले रमाइलो हुनको साथै एसएसली परीक्षा नजिकै आएकोले राम्रो प्रतिशतमा पास गर्न आफू बोलबम गएको समेत बताइन्।

२०३९ सालबाट शुरु भएको धरानको बोलबममा शुरुका दिनमा बुढापाकाहरु बढी आउने गरेको भए तापनि पछिल्लो समयमा भने युवापुस्ता नै बढी आउने गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनले युवायुवतीहरु धर्मप्रति आस्थावान हुनु भनेको सकारात्मक रुपमा लिनुपर्ने उनको भनाई छ। खासगरी प्रत्येक आइतबार धर्मालम्बीले गेरु वस्त्र धारण गरी खाली खुट्टा सुनसरीको चतरास्थित रहेको कोशीको जल ल्याई धरानस्थित रहेको पिण्डेश्वर बाबाधामको शिवलिंगमा चढाए आफूले सोचेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेकै कारण पनि युवायुवतीहरुसमेत यसतर्फ आकषिर्त भएको हुनसक्ने समितिका उपाध्यक्ष गौरीशंकर अग्रवालले बताए। क्रमिकरुपमा पछिल्ला सोमबार भक्तजनहरुको संख्यामा बृद्धि हुदै गएको छ।

साउनको सोमबार कोशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ। पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदीको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकाँक्षा पुरा हुन्छ भन्ने विश्वास छ। त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल, दार्जिलिङ, खर्साङ सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ।

भगवान शिवले समुद्र मन्थन गरेर निस्किएको अमृतको मुख्य पिण्डनै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दू धर्मग्रन्थमा उल्लेख छ। त्यसैले पनि यो विण्डेश्वर वावाधामप्रति हिन्दूधर्मावलम्वीहरुमा ठूलो विश्वास छ। त्यसैले सुनसरीको चतरा नजिकैको सप्तकोशी नदीबाट खाली खुटटा पैदल हिडेर यहाँ साउन महिनाको सोमवार सोमवार जल चढाउनेहरुको ओईरो लाग्ने गर्दछ। गत वर्षमात्रै पिण्डेश्वर वावाधाममा चार लाख भन्दा वढीले जल चढाएका थिए।

पर्यटकीय नगरी को रुपमा विकशित हुदै आएको धरान सवै भन्दा वढि पर्यटक साउनको सोमबार आउने गरेको भए पनि धरानले यसलाई सदुपयोग गर्न सकेको छैन। धरानमा उद्योग वाणिज्य संघ र मजलदुरहरुको विवादका कारण प्रत्येक सोमवार वजार बन्द रहने गरेका तथा यसको व्यस्थापनमा समेत सम्वन्धित निकायले ध्यान नदिना धराने यसको फाइदा लिन नसकेको हो।

वोलबममा आउने श्रद्धालुहरुको लागि समेत व्यस्थापन समिति तथा धरान नगरपालिकाको समेत व्यस्थापनमा ध्यान पुग्न सकेको छैन। यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by