Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

स्कूल बसहरुमा तोडफोड र आगजनी

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ८ साउन । विदेशी नामबाट सञ्चालित विद्यालयहरु बन्द गराउनुपर्ने भन्दै आन्दोलित नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थीको एक समूहले सोमवार धरानको सेउतीपुल नजिक दिल्ली पब्लिक उच्च माविको दुइ बसलाई क्षति पुर्‍याएका छन्।

इटहरीबाट धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित विद्यालयतर्फ विद्यार्थी बोकेर आएका दुइवटा बसका विद्यार्थीहरुलाई १५/२० जनाको समूहमा आएका क्रान्तिकारी विद्यार्थीहरुले विद्यार्थीहरुलाई ओरालेर को १ ख ३२०४ नं.को गाडीमा आगजनी गरेका छन्। को १ ख ४५० नम्बरको बसको तोडफोड गरेका छन्। को १ ख ३४०४ नम्बरको सो गाडी धरानको सेउती पुलमा आइपुगेपछि एक्कासी जंगलबाट १५/२० जनाको समूह आएर तोडफोड गर्न थालेपछि विद्यार्थीहरु समेत अत्तालिएर भागेका थिए।

तस्विरहरूः सन्तोष काफ्ले / एचकेनेपाल डट कम


बसका चालक रेशमलाल उराउका अनुसार विहान ७ः३० बजे इटहरीबाट विद्यार्थी बोकेर धरान आउदै गर्दा एक्कासी उनीहरुले गाडीलाई तोडफोड गरी आगजनी गरेका थिए। उनीहरुले आफू वसबाट उत्रन समेत नपाई पेट्रोल हालेको वताउदै उनले आफूलाई समेत पेट्रोल लागेको वताए।

दिल्ली पब्लिक हाइस्कुलमा अध्ययनरत एक विद्यार्थीले दुइजनाको समूहभित्र पसेर सबैलाई उतारेको बताइन्। उनले सोही क्रममा अत्तालिएर झर्ने क्रममा आफूहरुको किताव राखेको झोलासमेत जलेर नष्ट भएको बताइन्।

विद्यार्थी बसमै भएको अवस्थामा तोडफोड गर्न थालेपछि बसमा रहेका बिद्यार्थीहरु आतङ्कित भएर उत्रिएको र किताव वोकेको झोला तथा खाजासमेत वसमा नै छाडिएको कक्षा ११ मा अध्ययन रत इटहरीकी सोमन झाले जानकारी दिइन। उनले आफू बसबाट उत्रिएपछि बसमा पेट्रोल छरकेर आगो लगाएको उनको भनाई छ। उनले आफूहरुले झोलासमेत निकाल्न नपाउको गुनासो गरिन्।

आगजनी र तोडफोडपश्चात घटनास्थलमा पुगेका प्रहरीहरुले गाडीको निभाउन कोशिस गरेपनि निभाउन नसकेपछि धरान नगरपालिकाको दमकललाई आगो निभाउन करीब आधा घण्टा लागेको प्रहरीको भनाई छ।

धरान ८ का श्याम पाख्रिनको सो गाडी दिल्ली पब्लिक उच्च माविले लिजमा चलाउदै आएको जनाइएको छ। तोडफोड र आगजनीबाट करिब २० लाख बराबरको क्षति भएको बुझिएको छ। यता क्रान्तिकारीका जिल्ला जिल्ला संयोजक समिन लिम्बूले आफ्नो आन्दोलनको अबज्ञा गरेको गरेर जवर जस्ति स्कुल र वस सञ्चालन गरेकोले आगजनी गरेको बताए।

आगजनी गरेको बस स्कुलले धरान ८ का श्याम कुमार पाख्रिनसंग भाडामा लिएर सञ्चालन गर्दे आएको प्रहरीले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by