Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कुण्ठित मनको चीत्कार विमोचित

राजकुमार राई/ एचकेनेपाल डट कम-
हङकङका साहित्यकार चन्द्र मादेन आच्छनको कविता संग्रह कुण्ठित मनको चीत्कारहरू विमोचित भएको छ।

यो मा तेईस्थित कम्यूनिटी हलमा आयोजित कार्यक्रममा महावाणिज्यदूत विनोदकुमार उपाध्याय, वरिष्ठ संगीतकार दिनेश सुब्बा र कार्यक्रमका सभापति त्रिभूवन लिम्बूले संयुक्तरूपले कविता संग्रहको विमोचन गरेका थिए।

तस्विरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

तेह्रथुम मञ्च हङकङको आयोजना सम्पन्न कार्यक्रममा कवि टंक साम्बहाम्फे, साहित्यकार देश सुव्वा, साव्लावुङका सम्पादक राजकुमार राई, सनराईज सप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ, हङकङ नेपाली महासंघ अध्यक्ष प्रदीप थापा, कथाकार प्रदीप कनदङ्वा, तेह्रथुम मञ्च हङकङका अध्यक्ष श्याम ईनाम, दुर्ग गरूङलगायतले शुभ कामना मन्तव्य दिएका थिए।

कवि चन्द्र मादेन आच्छनले आफ्नो कृतिबाट पिंजडाका सुगा शीर्षकको कविता वचन गर्दै आफ्नो कृति वारे प्रकाश पारेका थिए।

कार्यक्रममा प्रकाश रोदुङ, पूर्णिमा शाह, रुद्र नाम्वोलागयतले कविता वाचन गरेका थिए। कवियत्री रीता गुरूङले सञ्चालन गरेको कार्यक्रममा निमा शक्ति मादेनले कार्यक्रमको सुरूमा भ्वाइलिनमा रेशम फिरीरी गीतको धुन सुनाएका थिए।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by