नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका । नेपालीहरुको साझा संस्था नेपालीघरले संस्थालाई सहयोग गर्नेहरुप्रति उच्च मूल्याङ्कन गर्दै एक समारोहबीच प्रशंसापत्र प्रदान गरेको छ।
अमेरिकाको कालोराडोस्थित नेपालीघरले संस्थालाई बर्षभरी बिभिन्न क्षेत्रमा सहयोग पुर्याउनेहरुलाई प्रशंसापत्र प्रदान गरेको हो। यसरी प्रशंसा पत्र पाउनेहरुमा कलाकार, संगीतकार, गायक, गायिका, खेलाडी लगायतका १ सय ४ जना रहेका छन्।
कार्यक्रममा उपस्थित अतिथिहरु रुक्मीणी रमण पोख्रल, रामहरी खड्का, रमेश गुरुङ, नारायण श्रेष्ट, भिम राई लगायतका माहानुभावहरुबाट उनीहरुलाई प्रशंसापत्र बितरण गरिएको थियो।
यहांको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ५ सय नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रमामा सहभागी सबैलाई आयोजक संस्थाले पिकनिक अयोजना गरी नेपाली स्वादको खाना निशुःल्क उपलब्ध गराईएको थियो। कार्यक्रमलाई थप रोचकता प्रदान गर्न पिकनिक स्थलमा बाल बालिका बिच बेलुन फुटाउने, महिलाहरु बिच बोरा दौड, तथा पुरुषहरु बिच डोरीतान्ने खेलहरु आयोजना गरिएको थियो।
कार्यक्रममलाई सफलताका साथ सम्पन्न गर्न जुलाई १५ देखि भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो। नेपाली नेपालीबीच ४ टिमले भाग लिएको लिग चरणको प्रतियोगितामा गोखार्ली टिम प्रथम भई सिल्ड तथा मेडल हात पार्न सफल थियो भने शेर्पा टिमले दोश्रो स्थानमा चित्त बुझउने परेको थियो। बिजयी टिमलाई सिल्ड तथा मेडल सोही कार्यक्रममा प्रदान गरिएको थियो।
बालबालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका ब्यक्तिको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागी केही नेपालीहरु ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए। बाल हुन् वा बृद्ध, यूवा यूवती हुन वा अधबैसे, सबै आ आफ्ना दौतरीका साथ पार्कमा रमाई रहेका देखिन्थे।
यसैगरी, संस्थाका अध्यक्ष नारायण श्रेष्टले कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई धन्यबाद दिंदै भबिष्यमा यस्ता सहयोहरु निरन्तर पाईराख्ने आसा ब्यक्त गरे। उनले नेपालीहरुबीच एक आपसमा सद्भाव चिनाजानी, तथा सहयोग अदान प्रदान गर्ने बाताबरण सृजना गर्न यस्ता कार्यक्रमले धेरै सहयोग पुर्याउने बताए।