Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मृगौला रोगीलाई मकाउबाट आर्थिक सहयोग

श्याम रोक्का / एचकेनेपाल डट कम-
काठमाडौ, मकाउमा कार्यरत नेपालीहरूले मृगौला पीडित बद्रि भण्डारीलाई ४७ हजार ७ सय ७७ रूपैयाँ आर्थिक सहयोग गरेका छन्।

महाँकालस्थान मन्दिर परिसरमा मागेरै जीबन धानिरहेका मोरङ, उर्लाबारी ३ घर भै हाल बीर अस्पतालमा डायलीसीस गराइरहेका मृगौला पीडित भण्डारीलाई शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको हो।

मकाउमा कार्यरत ज्ञानकुमार श्रेष्ठ र बिश्वराज सिग्देलको अग्रसतरमा त्यहाँका एक कारागार (जेल), एस.जी.एम., स्टार वर्ल्ड र फारेस क्यासीनोमा कार्यरत नेपालीहरूले पठाएका एकमुष्ट रकम भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि डा. गुप्त बहादुर श्रेष्ठ र अतिथि मीरा श्रेष्ठले संयुक्त रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रमको संयोजन श्याम रोक्काले गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by