Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

‘युमा’ बनिन् पहिलो मिस राई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
प्रमुख निर्णायक सुमाया राईको विगतदेखि वर्तमानसम्म समग्र राई जातिलाई कुन कुन कुराले बांधेर सामूहिक एकता गराएको छ भन्ने सान्दर्भिक प्रश्नको सटिक उत्तर दिएर कन्टेष्टेन्ट नम्बर २ ओखलढुङ्गाकी २० वर्षीया युमा राई मिस राई सभ्यता प्रतियोगिताको पहिलो मिस राई घोषित भइन्।

किरात राई मौलिक संस्कृति केन्द्रद्वारा विहीवार आयोजित राष्ट्रिय नाचघर जमलमा अन्य १६ प्रतियोगीहरूलाई उछिन्दै उनले ताज पहिरिन सफल बनेकी हुन्।

उनले मिस राईको ताजसंगै नगद ५० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन्। अन्य टाईटल भने राई जातिको सामूहिक एकता झल्कने तीन चुलाको प्रतिकमा क्रमशः फस्ट रनर अप (वंशज चुला) धनकुटाकी सेली राई घोषित बनिन्। प्रतियोगिताको सेकेण्डरनर अप (कुटुम्व चुला) भोजपुरकी श्रृजा राईई घोषित भइन्।

यसैगरी, प्रतियागिताको थर्ड रनर अप (समाज चुला) सुनसरी चतराकी विडी योक्की राई घोषित भइन्। क्रमशः फस्ट, सेकेण्ड र थर्ड रनरअपले नगद २० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

कार्यक्रममा अन्य टाईटल अवार्ड राई जातिको किराती मिथक अनुसार सहभागीका विजेताहरुलाई वितरण गरिएको थियो। मिस ट्यालेन्टको (सुम्नीमा, सृष्टीकर्ता) अवार्ड सेली राईले हात पारिन्। फ्रेण्डसिपको (बाखम्मा, कला संस्कृति)अवार्ड इलामकी गोमा राईले हात पारिन्। मिस फोटोजेनिक (निनाम्मा, आकाश) को उपाधि धरानकी एल्जीना राईले प्राप्त गरिन्।

त्यसैगरी, डिसिप्पीन (हेन्खामा, पृथ्वी)को अवार्ड काठमाडौकी अरुणा राईले जितिन्। मिस पर्सनालिटी (खिल्यामा, हक्की स्वभाव)को अवार्ड काठमाडौकी शारदा राईले प्राप्त गरिन्। यसैगरी भ्युअर च्वाईस (जाउमा, मनपराइएको) को अवार्ड मिस राई विजेता युमा राईले प्राप्त गरिन्।

राई जातिको सामाजिक संस्था किरात राई यायोक्खाको अभिभावकत्वमा सम्पन्न प्रतियायेगिताको निर्णायक मण्डलमा लेखक राजन मुकारुङ, अभिनेता दयाहाङ्ग राई, कृषि विज्ञ मदन राई, साहित्यकार मदन लामा खुले र गायक शिव लामिछाने रहेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by