Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

भैरहवा भन्सारमा १२ अरब ९८ करोड उठ्यो

कमल रायमाझी /एचकेनेपाल डट कम-
भैरहवा, नेपालकै दोस्रो ठूलो भन्सार कार्यलय भैरहवामा आर्थिक बर्ष ०६८ । ०६९ मा १०२.७० प्रतिशत राजस्व उठेको छ। यो लक्ष्य भन्दा ३४ करोड बढी संकलित राजस्व हो।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष२०६७।०६८ मा रु ११ अरब ४८ करोड १५ लाख ८४ हजार राजस्व असुलि गरेको थियो भने यस वर्ष रु.१२ अरब ९८ करोड ६४ लाख ४८ हजार उठाएको हो।

संकलित राजस्व मध्ये संक्षिपत प्रज्ञापन पत्रको कार्यान्वयनबाट मात्रै रु.९४ लाख ९७ हजार ४ सय ३२ राजस्व उठेको छ। भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष०६८।०६९ को लागी कुल १२ अरब ६४ करोड ५६ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा आर्थिक बर्षको असार मसान्त सम्ममा आउदा १२ अरब ९८ करोड ६४ लाख ४८ हजार राजस्व संकलनगरी लक्ष्यको तुलनामा झण्डै लक्ष्यको तुलनामा १०२.७० प्रतिशत राजस्व संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख डिकरदेव भट्ट जनाएका छन्।

भैरहवा भन्सार कार्यलयबाट पेट्रोलिय पदार्थ, विलेट, सिमेन्ट, किलंकर, सवारी साधन, मार्वल टायल जस्ता बस्तुहरु मूख्य रुपमा पैठारी हुने गरेका छन् भने गिट्टी, बालुवा, जडिबुटी,हस्तकलाका समान, पोलिस्टर यार्न लगायतका बस्तुहरु मूख्य रुपमा निकासी हुने गर्दछ।

नेपालको मुख्य नाका मध्यको यस भंसार कार्यालयबाट भारतलगायत तेस्रो मुलुकबाट मालसमान नेपाल निकासी हुने गर्दछ। यो भन्सारले नेपालको भन्सार प्रसासनको कुल राजस्वमा १३ प्रतिशत योगदान दिदै आएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by