Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

थसेस जापानद्वारा बाढी तथा अग्निपीडित सहयोग

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, थकाली सेवा समिति जापानले सेतीनदी बाढी पीडित र सिराहा अग्नि प्रभावित परिवारलाई सहयोग गरेको छ।

थकाली सेवा समिति जापानले सोमवार सेतीनदी बाढी पिडितहरुको सहयोगार्थ र सिराहा अग्नि प्रभावित क्षेत्रलाई जनहि ३०,८९४ रुपैया गरी जम्मा ६१,७९७ रुपैया नेपाल रेडक्रस सोसाईटीमार्फत एक समारोहको आयोजना गरि उत्त रकम हस्तान्तरण गरेको हो।

थसेस जापानका अध्यक्ष शरदकुमार गौचनद्वारा लिखित संन्देशसंगै र उक्त राहत रकम, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष तथा थसेस कास्कीका उपाध्यक्ष विश्वमोहन गौचन र थकाली सेवा समिति कास्किका अध्यक्ष अम्वर तुलाचनले सामुहिक रुपमा नेपाल रेडक्रस सोसाईटी कास्किका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई सम्बन्धित प्रभावित क्षेत्रमा पुर्याईदिनको लागि हस्तान्तरण गरेका हुन्।

रकम सहयोग संस्थाको तर्फबाट अध्यक्ष गौचनद्वारा लिखित संन्देशमा, स्वदेशमा परेको यस बिपत्तिको घडिमा संस्थाको च्यारिटि बजेटबाट राहतसहित मानयवीय यस पुण्य कार्यको लागि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सम्बन्धित ठाउमै पुर्याएर यो सानै रकम भएपनि ठूलो सहयोग मिल्ने कुरा बिश्वास गरिएको कुरा उल्लेख गरिएको थियो।

कार्यक्रममा एड्स नियन्त्रण संघ कास्कीका अध्यक्ष तथा थसेस कास्कीका उपाध्यक्ष बिश्वमोहन गौचनले थकाली सेवा समिति जापानले नेपालको बिपत्तिको बेलामा ठूलो गुण लगाएको र यस पुण्य कार्यको सहजकर्ताको भूमिका निभाउन पाएकोमा खुशि ब्यक्त गर्नु भयो। साथै थसेस जापानले बिदेशको अति नै प्रतिकुल अबस्था एवं जटिल परिस्थितिमा पनि स्वदेशमा आई परेको यस बिपत्तिमा सहयोग गरौं भन्ने भावना अति नै प्रशंसनिय रहेको र यस्ता कार्यको निरन्तरताको लागि पनि कामना गर्नु भयो।

त्यसैगरी, थसेस कास्कीका अध्यक्ष अम्वर तुलाचनले बाढी प्रभावित क्षेत्र र आगलागिको सहयोगको लागि गरिएको सानै रकम भएपनि ठूलै राहत र हौसला मिल्ने कुरा बताउनु भयो।

रकम हस्तान्तरण कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष रामप्रसाद ज्ञवालीले राहत रकम संम्बन्धित क्षेत्रमै पुर्याईने र यसले प्रभावितहरुको जिविकापार्जनमा सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भयो। उहाँले थसेस जापानका कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचन, अध्यक्ष शरद कुमार गौचन सहित सिङ्गो संस्थालाई नै धन्यबाद दिदै हालसम्म बिभिन्न स्वदेश तथा बिदेशका ९२ वटा संस्थाबाट ठूलो राहत संकलन प्राप्त भएको र अझै आउने क्रम पनि जारी रहेको बताउनु भयो।

हालसम्म संकलित राहतको ५०% बढि प्रभावित क्षेत्रमा पूर्ण ब्यबस्थितका साथ बितरण भईसकेको र बाँकी राहत रकम पनि बितरणकै क्रममा रहेको जानाकारी गराउनुभयो।
साथै उहाँका अनुसार बैशाख २३ गते सेती नदीमा आएको बाढीमा परि १ जना बिदेशी नागरिक सहित २८ जनाको मृत्यु घोषणा भएको छ भने, अझै ३० जना बेपत्ता रहेको कुरा पनि बताउनु भयो।

त्यसैगरी, सिराहाको औरहिमा भएको आगलागिबाट ३ हजार घर ध्वस्त हुनुका साथै १ हजार ५ सय परिवारका ५ हजार भन्दा बढि प्रभाबित भएका छन् भने ४० करोड बढि क्षति भएको अनुमान छ भन्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष दण्डराज शर्माको स्वागत मन्तब्य र सोसाईटीकै खेमराजको संचालन रहेको कार्यक्रममा सोसाईटी सदस्यहरु, थसेस कास्कीका सदस्यहरु, पत्रकारहरु तथा बुद्धिजीवी एवं अन्य महानुभावहरुको ठूलो सहभागिता रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by