एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ साउन । अफगानिस्तान र इराक पठाई दिन्छु भन्दै २१४ जनासँग करिब १० करोड रुपैया लिएको आरोपमा पक्राउ परेकालाई उम्काउने प्रयाश गरिएको पीडित पक्षले बताएका छन्।
पक्राउ परेका कन्काई कम्यूनिकेशन माछापोखरीको साहु दुर्गा निरौला र फरार रहेका छोरा बुहारी क्रमशः विक्रम भनिने सोमनाथ निरौला, अजन्ता निरौलालगायतका उनका परिवारलाई बचाउन बैदेशिक रोजगार विभागका अधिकारीहरुले निर्दोष मदन पराजुली र उनकी श्रीमति कृष्णकुमार पराजुलीलाई फसाउने षडयन्त्र भईरहेको दावी पिडीतहरुले गरेका छन्।
बुधवार पीडित र विभागले आरोपी भनेका पराजुली दम्पत्तीले रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकारसम्मेलन गरेर त्यस्तो आरोप लगाएका हुन्।
पत्रकारसम्मेलनमा अफगानिस्तान पठाई दिन्छु भनि निरौलाले पैसा लिएर विचल्ली बनाएका नुवाकोटका मिनबहादुर तामाङ विरेन्द्र सिह तामाङ, सिताराम तामाङ, बद्रीबहादुर थापा, दुर्गा कोइरालालगायतका दुइ दर्जन पिडीतहरुले अफिस ब्वाईको रुपमा काम गर्ने निर्दोष मदन पराजुली र अफिसमा नबस्ने उनकी श्रीमति कृष्णकुमार पराजुलीलाई बैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत हरिसिंह धामीले अपराधी बनाएर मुख्य अपराधी निरौला परिवारलाई उम्क्याउने प्रयास गरेको दावी गरे।
उनीहरुले पत्रकार सम्मेलनमा भने-हामीले निरौला पक्राउ परुन भनेर पराजुलीको नाम लिएका हौ तर उनी यस ठगी काण्डमा संलग्न छैनन्। अहिले विभागका अनुसन्धान अधिकृत धामीले निरौलासँग मोटो रकम लिएर उनलाई उन्मुक्ति दिलाउन पराजुली दम्पतीलाई फसाउने षडयन्त्रमा लागेका छन्।
उनीहरुले अनुसन्धान अधिकृत धामी निरौला परिवारसँग पैसाको लेनदेन गर्न झापा पुगेको र त्यसपछि पराजुली दम्पत्तिमाथि दोष थोपर्न आफै सञ्चारमाध्यममा पराजुली दम्पत्तिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्ने समाचार सम्प्रेषण गराएको दावी समेत गरे।
विभागलाई उदृत गर्दै आएको समाचारमा फरार भनेर रेर्डकर्नर नोटिस जारी गर्ने तयारी भईरहेको पराजुली दम्पत्ति भने विभागमा परेको मुद्दामा नियमित हाजिर भई तारेख समेत लिदै आएका ब्यक्ति हुन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस