Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पृतनापति राणाद्वारा ५० हजार सहयोग

दिननाथ बराल/ एचकेनेपाल डट कम-
कास्की, २ श्रावण । पोखरा १७ दोविल्लामा निमार्णाधिन अबस्थामा रहेको सहारा एकेडेमिको भवन निमार्णको लागि पश्चिमपृतना अड्डाले मंगलबार एक समारोहका बिच ५० हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ।

पश्चिमपृतनाका पृतनापति भिक्टरजंग राणाले उक्त रकम सहारा क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गर्नु भएको हो। एक करोड २७ लाखमा निर्माण हुदै गरेको सहारा एकेडेमिको भवन अवलोकन गर्दै पूर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहनु भएका पृतनापति राणाले निजि क्षेत्रबाट क्लबले थालेको उक्त अभियानलाई होष्टेमा हैंसे गरेको बताउनु भयो। उहाँले युवाबर्गलाई शिक्षाको साथमा खेलकुदमा अगाडि बढाउन ठूलो चुनौती रहेकोले यस्तो प्रकारको एकेडेमिले उनीहरुको शिक्षाको साथमा खेलकुदको विकास पुग्ने विश्वास व्यक्त गर्दै सहारा एकेडेमिको लागि आगामी दिनमा समेत सहयोग गर्ने वाचा गर्नु भयो।

तस्विरः उमेश पुन / एचकेनेपाल डट कम

क्लबका अध्यक्ष विक्रम थकालीले हिम्मत नहारी निस्वार्थ भावले एक भएर आफूहरु हिडेका कारण सोचे अनुरुप सहयोगमा उक्त सहारा एकेडेमिको भवन निमार्ण भएको बताउनु भयो।

क्लबका परिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले क्लबको बारेमा जानकारी गराउदै कार्यक्रममा स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव केशवबहादुर थापाले गर्नु भएको थियो। सहारा एकेडेमिको निमार्णाधिन भवनको अबलोकन गर्न दोविल्ला पुग्नु भएका राष्ट्रिय फुटवल खेलाडी अनिल गुरुङले दोविल्लाको उक्त मैदानमा आफूहरु पनि खेल्न चाहेको बताउदै त्यस ठाँउको वातावरणले आफूलाई निकै मोहित पारेको बताउनु भयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by