एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ साउन । स्वास्थ्यमा गंभीर असर नपर्ने, लत छुटाउन मद्दत गर्ने चुरोट र लोडसेडिङ कम गर्न सहयोगी एलईडी बल्ब नेपाली बजारमा भित्रिएको छ।
ओपल नेपालले भित्राएको इ-चुरोट नामको सो चुरोटलाई बिजुलीमा रिचार्ज गरेर हजारौ पटक सेवन गर्न सकिने संस्थाका अध्यक्ष डा सञ्जय साहले जानकारी दिए।
साहका अनुसार इ-चुरोट चार्जेबल र नन चार्जेबलमा नेपाली बजारमा उपलब्ध छ। नन चार्जेबल सिगार १५ सय पफ तान्न सकिने र चुरोट ५ सय पफ तन्न सकिन्छ त्यसको मुल्य क्रमशः १६ सय र १५ सय रुपैया पर्ने-चुरोट चार्जेबल र नन चार्जेबलमा नेपाली बजारमा उपलब्ध छ। नन चार्जेबल सिगार १५ सय पफ तान्न सकिने र चुरोट ५ सय पफ तान्न सकिन्छ त्यसको मुल्य क्रमशः १६ सय र १५ सय रुपैया पर्नेछ।
त्यसैगरी, चार्जेबलमा एक्स ३ र एक्स ४ मा उपलब्ध छ। जसको एउटा कार्टेजबाट क्रमशः २५० र ५ सय पफ तान्न सकिन्छ। कार्टेज रेगुलर, मार्लबोरो, मेन्थोल, स्ट्रोबेरी, भेनिला, कफि र एप्पल फ्लेवरमामा उपलब्ध छ।
कार्टेजलाई हाई, मेडियम, लो र जिरो कन्सनटेसनमा प्रस्तुत गरिएको छ। जसलाई क्रमशः प्रयोग गर्दै धुम्रपानको लत घटाउन सकिने अध्यक्ष साहले जानकारी दिए। सामान्य चुरोडमा टार सहितका ४ हजार भन्दा बढी हानिकारक तत्व मिसाईने गरिएकोमा इ चुरोटमा इथानोल, प्रोपायल ग्लीसरोल, निकोटिन सहितका २० वटा मानव स्वास्थ्यमा असर नपार्ने र सामान्य चुरोट सरह सन्तुष्ठि दिने दावी उनले गरे।
उनले भने-इ-चुरोट लाईफ सेभिङ डिभाईस हो । यो जता प्रयोग गरेपनि हुन्छ धुवा आउँछ तर मुखबाट निस्कनासाथ हराउँछ, त्यसले कसैलाई पनि असर पार्दैन।
त्यस्तै कम्पनीले नेपालको ठूलो लोडसेडिङलाई ध्यानमा राखेर सीएफएल दुइ गुणा कम विद्युत खपत गर्ने, दुइ गुण बढी उज्यालो दिने एलईडी विजुली बल्ब पनि बजारमा भित्राएको छ। तीन र पाँच वाट क्षमताका ती बल्बहरु कम विद्युत खपत र बढी उज्यालोसहित कम भोल्टेजमा समेत उत्तिकै प्रकाश दिने विशेषताको रहेको साहले जानकारी दिए।
सो बल्ब नष्ट गर्दा पनि अल्ट्राभ्वाईलेट रे नफाल्ने र तर अन्य सिएफएल बल्बले भने नष्ट गर्दा २ सय मिटरसम्म क्यान्सरको कारक रे फाल्ने उनले बताए।
कम्पनीले ४५० देखि ६५० रुपैयासम्म मुल्य पर्ने सो बल्बमा १८ महिनाको रिप्लेसमेन्ट वारेन्टी समेत दिएको छ। एउटा बल्ब २० वर्षभन्दा बढी समय चल्ने उनले जानकारी दिए।
कस्तो हुन्छ त ई-सिगरेट? हेर्नुहोस् भिडियो