Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नवलपरासी बस दुर्घटनामा ३९ को मृत्यु (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासी, ३१ असार । तीर्थयात्री बोकेको यात्रुवाहक बस आइतवार दिउंसो रानीनगरस्थित गण्डक नहरमा खस्दा ३९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा अधिकांश भारतीय र केही नेपाली रहेका छन्। प्रहरीका अनुसार ३६ नेपाली र ३ नेपालीको मृत्यु भएको छ। मृतकहरू सबैजनाको सनाखत हुन सकेको छैन। बसको छतमा समेत गरी करीव १२० जना यात्रु बसमा सवार थिए। मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

लु१ख २३५६ नम्बरको यात्रुवाहक बस नवलपरासीको झुलनीपुरदेखि त्रिवेणीको तीर्थयात्रामा हिँडेका थिए। भारतीय सिमा क्षेत्र झुलानीपुरबाट त्रिबेणीका लागि बोलबम यात्रुहरु लिएर छुटेको बस नवलपरासीको कुडिया र त्रिवेणीको बिचमा पर्ने रानीनगर नजिकैबाट गण्डक नहरमा खसेको थियो।

दुर्घटनामा परेका ५० जनाको उद्धार गरिएको र केही बेपत्ता भएको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्र सिंह भण्डारीले बताए।

ओभरलोडका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बस चालक बिष्णु गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रत्यक्षदर्शीले प्रहरीलाई बताएअनुसार बसचालकले मादक पदार्थ सेवन गरेका थिए। बसका सहचालक शशी श्रेष्ठको दुर्घटनामा मृत्यु भएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by