आनन्द श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौ, लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल पार्न हङकङ र मकाउका ट्राभल्स एजेन्सीहरुले विशेष प्याकेज कार्यकमका साथ त्यहाँका व्यापारी पर्यटकहरुलाई नेपाल भित्रिन थालेका छन्। हङकङमा वस्ने नेपालीहरुले संचालन गरेको अल्फा ट्राभल्स एचके लिंङ र फरच्युनलक लि मकाउको सय जना चाईनिज पर्यटकहरु शुक्रबार काठमाडौ आएका छन्।
२० जना मकाउका उद्योगपतिहरु समेत आएका सो जम्बो टोलीले पहिलो दिन उपराष्ट्रपति परमानन्द झालाई उपराष्ट्रपतिको कार्यकक्षमा भेटेका थिए। भेटघाटको क्रममा मकाउका उधोगपतीहरुले नेपालमा आफूहरुले जल विधुत सोलार कारखाना होटल तथा रीसोर्टहरुमा लगानी गर्न चाहेकोले उचित वातावरण मिलाई दिन अनुरोध गरेका थिए। टोलीको नेतृत्व फरच्युन लक टाभल्स एजेन्सी मकाउका मालिक ली ताक किन पिटरले गरेका थिए। उनीहरुले परराष्ट्र,पर्यटन, श्रम मन्त्रीहरुलाई पनि भेट्ने योजना रहेको बताए।
सोही दिन गैरआवासीय नेपाली संघ (एनआरएन) ले होटल याक एण्ड यतिमा नेपाली तथा मकाउका व्यापारी उधोगपति वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा वोल्दै उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रिय अध्यक्ष सुरज वैद्यले व्यापारमा संसार थर्काउन सफल हुदै गएको चाईनिज लगानी मात्र भित्रयाउन सके पनि नेपालमा छिटो प्रगति हुनेमा आफू विश्वस्त रहेको बताए।
यसै गरी, मकाउका सोलर हिटर कारखाना व्रिल्याम्पका अध्यक्ष टम कन चानले नेपालमा वैकल्पिक उर्जाको खाँचो छ। हामीले वैकल्पिक उर्जामा नयाँ नयाँ प्रविधिको विकाश गरेका छौं। जो सस्तो राम्रो र नेपालको लागि त झनै उपयुक्त हुने देखिएकोले हामी तपाईहरुसंग मिलेर यतै प्रविधि भित्रयाउन चाहन्छौ जस्ले गर्दा तपाईको देशमा लामो यात्रा गरेर सामान झिकाउनु पर्ने अतिरिक्त झन्झटबाट पनि मुक्त हुन सक्नु हुनेछ।
कार्यक्रममा एनआरएनका महासचिव टेण्डि शेर्पा, उवासंघका महासचिव देवमान हिराचनले पनि बोलेका थिए। कार्यक्रमपछि मकाउका उद्योगपतिहरुले ल्याएका सोलार ल्याम्पको प्रदर्शन गर्दा नेपाली व्यापारीहरुले तत्कालै सो सामानहरु राम्रो लागेकोले चाडै नै झिकाउने सम्झौता पनि भएको थियो।
खासगरी मकाउ टोलीमा सोलार, नन् निकोटिन सिगरेट, होटल तथा रिसोर्ट व्यावसयी,निर्माण सामग्रीका उत्पादकहरुको सहभागिता रहेको छ। हाल सो टोली लुम्विनी चितवन, पोखराको भ्रमण रहेका छन्। लुम्विनी भ्रमण वर्ष सफल पारी आफनो देशको आर्थिक विकाशमा केहि टेवा पुर्याउन सकिन्छ कि भन्ने उद्धेश्यले यस वर्षदेखि हामी आफेले हङकङमा अल्फा टाभल्स नामको व्यापारी संस्था खोलेर यो पटक मकाउका ठूलो पर्यटक समूहलाई हामीले नेपाल पठाउन सफल भएको अल्फा टाभल्सका प्रोपाईटर धन थापाले बताए।
चाइनाको अति विकशित शहरको रुपमा परिचित मकाउ सानो टापु भए पनि ठूला होटल रिसोर्ट र जुवा खेल्न संसार भरीकै मान्छेहरु त्यहा ओईरने गरेका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस