Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डमा महिला भलिबल सम्पन्न

सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम-
आशफोर्ड, युके। सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्ट महिला कमिटीले शनिबार स्थानीय एकसी युथ स्पोर्ट सेन्टरमा महिला भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न गरेको छ।

समाजका खेलकुद सचिब हरि साम्पांगको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो राउण्ड लिग खेलबाट शुरु भएको थियो। प्रोफेसनल अफिशियलहरुद्वारा खेलाइएको सो प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीहरुले अनुशासित तवरले उत्कृष्ठ प्रदर्शन गरेर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए भने दर्शकहरुले पनि हौसला प्रदान गरेर खेलाडीहरुलाई प्रशस्तै उर्जा प्रदान गरेका थिए।

तस्विरः सोदिप थोप्रा लिम्बु/ एचकेनेपाल डट कम

कडा प्रतिष्पर्धाबीच सम्पन्न उक्त प्रतियोगितामा सबै टिमहरुलाई पाखा लगाउंदै आशफोर्ड लेडिज टिम – ए र मेडस्टोन लेडिज टिम फाइनलमा प्रवेश गरेको थियो। बेस्ट अप थ्री मा सम्पन्न फाइनलमा आशफोर्ड लेडिज टिम – ए ले लगातार २ सेट जितेर प्रतियोगिताको प्रथम उपाधि हात पारे भने मेडस्टोन लेडिज टिम रनर अप घोषित भए।

निर्णायक समितिको निर्णय बमोजिम आशफोर्ड लेडिज टिम – ए को सञ्जु गौचनलाई बेष्ट प्लेयरको ट्रफी प्रदान गरियो। ट्रफिको स्पोन्सर सगरमाथा गोर्खा नेपाली समाजका बरिष्ठ उपाध्यक्ष श्री लिम्बूले गरेका थिए। त्यसैगरी, वुम्यान अफ द म्याच आशफोर्ड लेडिज टिम – ए का चन्द्रकला राईलाई प्रदान गरियो। त्यसको स्पोन्सर आशफोर्डका ड्राइभिंग इन्स्ट्रक्टर बि सी राईले गरेका थिए। प्रतियोगितामा तेस्रो एबं चौथो हुने आशफोर्ड लेडिज टिम – बि र फोक्सटन लेडिज टिमलाई पनि आयोजकले सान्त्वना स्वरूप पुरस्कार प्रदान गरेको थियो।

पुरस्कार बितरण कार्यक्रमको संचालन सगरमाथा लेडिज कमिटिका सचिब बसुन्धरा राई नेयोंगले गरेकी थिइन् भने महिला कमिटिका अध्यक्ष दुर्गा लिम्बू, बरिष्ठ उपाध्यक्ष चन्द्रवती राई, मूल कमिटिका उपाध्यक्ष भाष्कर टिटुंग तथा महिला कमिटिका उपाध्यक्ष राजदेबी गुरुङले प्रतियोगितामा क्रमश: प्रथम, द्वितीय, तृत्तीय एबं चौथो हुने टिमहरुलाई ट्रफी तथा मेडल प्रदान गरेका थिए।

अन्त्यमा महिला कमिटिका अध्यक्ष दुर्गा लिम्बूले प्रतियोगितामा सहभागी सबै टिम साथै उपस्थित सम्पूर्ण दर्शकहरुलाई धन्यवाद ब्यक्त गर्दै अर्को बर्षको कार्यक्रममा अझ व्यापक सहभागिताको अपेक्षा राख्दै बेलुका ५ बजे कार्यक्रम समापन भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by