Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ठकुरी समाज यूकेको निर्वाचन सम्पन्न

अनुज उप्रेती/ एचकेनेपाल डट कम-
लण्डन, १४ जुलाई । बेलायतमा रहेका ठकुरीहरुको सामाजिक संस्था ठकुरी समाज यूकेको निर्वाचन सम्पन्न भएको छ।

फानबरो, ह्यामसायर स्थित अोकफार्म पेभेलियन हलमा आयोजित दसौं साधारण सभाले आगामी तीन बर्षको लागि सँस्थाको चौथों कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो।

सभामा निर्वाचन संयोजक साहित्यकार सुरेशजंग शाह, निर्वाचन सदस्य सचिव क्या(रि) अशोक सेन र निर्वाचन सदस्य थर्क सेन रहेको तीन सदस्यीय निर्वाचन समितिबाट सँस्थाको चौथों कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सोअनुसार सभापतिमा क्या (रि) बिष्णु सिंह ठकुरी, उपसभापतिमा प्रकाश बिक्रम सिंह, महासचिवमा गुन्ज शाह,कोषाध्यक्षमा रामराजा मल्ल, सचिवमा कुम खाँड ठकुरी, सहायक कोषाध्यक्षमा राम खाँड निर्वाचित भएका छन् भने कार्यकारीणी सदस्यहरुमा प्रकाशन सदस्य डोल मल्ल, मनोरञ्जन सदस्य दीपक हमाल, सहायक मनोरन्जन सदस्य भुपाल शाह, खेलकुद सदस्य ऋतेश शाह र सहायक खेलकुद सदस्य असिम हमाल ठकुरी रहेका छन्।

संस्थाका सभापति मेजर (रि) धन बहादुर चन्दको सभापतित्व र महासचिव भक्त मल्लको संचालनमा सम्पन्न भएको उक्त समारोहमा संस्थाको कार्यप्रगती तथा आर्थिक जानकारी र विधानका केही धाराहरुमा संशोधन छलफल तथा पारित गरिएको थियो।

नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना अभिव्याती सभापति मेजर (रि) धन बहादुर चन्द,निर्वाचन संयोजक साहित्यकार सुरेशजंग शाह, महासचिव भक्त मल्ल र निर्वाचन सदस्य सचिव क्या अशोक सेनबाट दिइएको थियो भने प्रतिउतर अभिब्यक्तिमा नवनिर्वाचित सभापति क्या (रि) बिष्णु सिंह ठकुरीबाट समाजको सेवा गौरव र गरिमा बढाउन समर्पित रहने अठोट व्यक्त गरिएको थियो।

यसअघि, समारोहमा सभापति मेजर (रि) धनबहादुर चन्दबाट नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाइ सम्मान र पदाधिकारी प्रमाणपत्र प्रदान गरिएको थियो भने निर्वाचन समितिका सदस्यहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो

नवनिर्वाचित चौँथो कार्यसमितिले आफ्नो कार्यभार भने आगामी अक्टुबरमा सम्पन्न हुने दसैं कार्यक्रमको समारोहबाट लिने सँस्थाको प्रचलन रहेको छ।

समारोहमा गोर्खा आर्मिको सेवामा क्यापटेन तहमा भखरै बढुवा भएका जीत हमाल दम्पतिमा अभिनन्दन सम्मान अर्पण गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by