Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एएनए टेक्सास सम्मेलनमा २७ हजारभन्दा बढी आर्थिक लाभ

प्रेस विज्ञप्ति
सम्पूर्णमा अभिबादन !

३० औ ए एन ए टेक्सास सम्मेलनले पुन: अर्को ईतिहास रच्दै ए एन ए डिसी सम्मेलनले प्रमाणित गरेको मार्ग दर्शनलाई पछ्याउदै कूल $ २७२९६.७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट) आर्थिक लाभ गर्न सफल भएको छ।

२८ बर्ष सम्म आर्थिक घाटा र पारदर्शिता नभएको बिभिन्न आरोप र प्रत्यारोपको चपेटामा परेको ए एन ए अन्तत्वगत्वा निरन्तर दुई बर्ष देखि सहि योजना , कुशल नेतृत्व ,कर्मठ र ईमान्दार संयोजकहरुको सयुक्त प्रयाशद्वारा आर्थिक घाटा हुन् बाट जोगाई अत्यधिक लाभ दिन सफल भएको छ। ३०औ सम्मेलन समाप्त संगै ए एन ए आयोजकहरुलाई अनवरत रुपमा प्रसंशा र सकारात्मक सुझाब प्राप्त भएका छन ,यसको साथै हाम्रा कमि कमजोरी कार्य प्रति ध्यानाकर्षण गराईएको छ। हामीले यी सल्लाह र सुझाबलाई हृदयंगम गर्दै आगामी बर्षमा अझ माझिने कुरामा हामी विश्वास दिलाउन चाहन्छौ।

सर्बप्रथम ,ए एन ए टेक्सास सम्मेलनका अत्यन्तै कर्मठ सम्पूर्ण संयोजकहरुलाई हृदय देखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्छौ। सम्पूर्ण स्वयंसेवक ,सहभागी ,शुभ चिन्तक, लब्ध प्रतिष्ठित अतिथिहरु प्रति आभारी व्यक्त गर्दछौ। सम्मेलनलाई आर्थिक रुपमा प्रायोजन (सौजन्य ) गर्ने सम्पूर्ण उधोगपति ,व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण मान्यबरहरु तथा ब्यापारी वर्ग प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौ।

३० औ सम्मेलनको हरेक समाचारलाई निरन्तर ६ महिना देखि समाचार प्रकाशित तथा बिश्व भरि सू -सुचित गर्नु हुने संचार सहयात्री क्रमस : टेक्सास नेपाल डटकम ,जनपुकार डटकम ,युएसनेपाल अनलाइन डटकम,नेपाल होराईजन डटकम ,डिसीनेपाल डटकम ,ईनेपालीज़ डटकम ,ग्लोब नेपाल डटकम ,साझा डटकम ,सगरमाथा टिभी ,यु यस ए ,हाम्रोसमाज डटनेट ,बिआरटिनेपाल डटकम ,एल ए नेपाल डटकम ,नेपाल मदरल्याण्ड डट ओर्ग,बोस्टन नेपाल.डटकम ,टोरोन्टो नेपाल डटकम ,हिमालि स्वरहरु ,विश्वपरिक्रमा , नेपाल मिडिया क्याफे ,एभरेस्टटाईम्स न्युज डटकम ,एभरेस्ट रेडियो , अमेरिका नेपाल टिभी ,यु एस ए ,नेपाल ११ रेडियो ,नेपाल माग्जिन ,रेडियो युवा ,व्हाइटहिमाल टिवी ,खबर सम्प्रेसन ,क्यानाडा र सम्पूर्ण संचारकर्मीहरु प्रति धन्यबाद ज्ञापन गर्न चाहन्छौ।

सबै गोलबद्द भएको कारण मात्र टेक्सास ए एन ए सम्मेलन यो अवस्थामा अवतरण गर्न सफल भएको ठानेका छौ। ए एन ए को ईतिहासमा क्षेत्रीय रुपमा सर्वप्रथम ए एन ए टेक्सासको स्थापना भएको सहर्ष जानकारी गराउदछौ। यो हामीले गरेको मेहनत र तपस्या को परिणाम हो l ३० औ ए एन ए टेक्सास सम्मेलन अहिले सम्म कै ईतिहासमा सबैभन्दा ए एन ए लाई आर्थिक मुनाफा दिने सम्मेलन ठहर भएको छ।

हामी यो स्वीकार गर्दछौ कि यो सम्मेलनले सबैले गरेको इक्षा र आशालाई पूर्ण रुपमा सम्बोधन तथा समेट्न सकेन होला तर पनि यो सम्मेलन त्यति खराब पनि भएन होला भन्ने विश्वास लिएका छौ। ३० औ ए एन ए टेक्सास सम्मेलनले प्रथम पटक ‘ सुपर नोवा ,हाजिरी जवाफ प्रतियोगिता ,हिज्जे प्रतियोगिता तथा बालबालिकाहरुको लागि बाल मंच (फोरम ) सुरुवात गरेको छ। यो हाम्रा युवा पिढीहरुको लागि एक कोसे ढुंगा साबित भएको छ। युवा पिढीहरुलाई केन्द्रित गर्दै बिभिन्न मंच (फोरम ) कार्यक्रम संचालनले नया उत्साह बढेको महसुस गरिएको छ।

ए एन ए मा खेलाडीहरुको अत्यधिक मोह र अभिरुची देखिएकोले यो बर्ष देखि उनीहरुलाई अझ प्रोत्साहन गर्ने उदेश्य अनुरुप खेलकूद क्षेत्रमा मात्र $ ३५,०००.०० पैतिश हजार डलर बिनियोजन गरिएको छ र’ ए एन ए बड्डी रंनिंग शिल्ड ‘ यो बर्ष देखि नै सुरुवात गरिएको छ l यो सम्मेलनले सबै नेतृत्व वर्ग ,वैयक्तिक र समाजसेविहरुको शिर उच्च पारेको छ। हामीले $ २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट )यस संस्थालाई आर्थिक लाभ दिन सफल भएका छौ l यो सबै सम्भब केवल यहाहरु कै सहयोगबाट मात्र सम्भब भएको छ । ए एन ए बृहत रुपमा उचाईमा बढ्दै छ र अझ माथि जाने मार्ग तर्फ लम्कदै छ भन्दा अतिसयोक्ति नहोला भन्ने ठान्दछौ।

अन्त्यमा ३१ औ ए एन ए सम्मेलनमा न्युयोर्कमा भेट्ने बचन बद्दताको साथ बिदा !

पासांग लामा
३० औ ए एन सम्मेलन प्रमुख संयोजक

३० औ ए एन ए सम्मेलन ,प्रमुख आर्थिक अधिकृत ,बन्दना हमालद्वारा तैयार गरिएको ३० औ ए एन ए सम्मेलन आर्थिक प्रतिवेदन यस प्रकार प्रस्तुत गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by