Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

‘नाइन ओ क्लक’मा ध्रुव दत्त

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
हङकङबाट मोडलिङ गर्दा-गर्दै त्यही बनेको फिल्म ‘द प्लान’ मा हिरो बनेका नायक ध्रुव दत्तले नेपालबाट बनेका थुप्रै फिल्महरुमा साइड हिरोको रोल निभाइ सकेका छन्।

निर्देशक शंकर घिमिरेको ‘विरताको चिनो’ देखि वरिष्ठ निर्देशक तुलसी घिमिरेको ‘मृगतृष्णा’सम्म उनले आधा दर्जन जति फिल्ममा काम गरे। उनको राम्रै प्रशंसा हुँदै आएको छ। हाल लन्डन बसोबास गर्ने यी नायक फिल्म खेल्न भनेर नै नेपाल आउने गर्छन्।

विदेशमा रहेपनि नेपाली कला संस्कृतिप्रति संवेदनशिल यी हिरोलाई फिल्म खेल्नभन्दा लण्डनमा आफ्नो काम गर्नमा नै फाइदा छ तर पनि कुनै निर्माता निर्देशकले अफर गरे उनी आफ्नो भूमिका चित्त बुझे आफ्नो कामलाई थाँती राख्दै नेपाल आइहाल्छन् र सुटिङ सकाएर लण्डन फिरिहाल्छन्।

नेपाली फिल्मको पारिश्रमिक बजार अनुरुप चित्त बुझ्दो नै रहेको र लण्डनबाट नेपाल आएर र्फकदासम्मको खर्च जोड्दा कुनै घाटा नरहेको उनी बताउँछन्।

गएको हप्तामात्र उनी नयाँ फिल्म नाइन ओ क्लकको सुटिङ सकाएर लण्डन फिरिसकेका छन्। नाइन ओ क्लक मा भने उनी पहिलोपल्ट एकल हिरोको रुपमा देखा पर्दैछन्। थ्रीलर लव स्टोरी रहेको नाइन ओ क्लकमा उनीसँगै हिरोइन सुमिना घिमिरे देखिनेछिन्।

‘नाइन ओ क्लक’ चलचित्र विकास बोर्डले स्क्रिप्टमा आपत्ति जनाउँदै सुटिङ गर्न बन्देज लगाएको फिल्म हो। बाबुराम ढकालको निर्देशनमा सुटिङ सकाइसकेको ‘नाइन ओ क्लक’ आगामी दशै, तिहारको बीचमा बर्ल्डवाइड रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।

सुरुमा अ सिक्टी नाइन नाम राखिए पनि नाममा विकास बोर्डले आपत्ति जनाएपछि ‘नाइन ओ क्लक’ नाम राखिएको उक्त फिल्म हिट हुने कुरामा ढुक्क छन् नायक धु्रव दत्त।

हल्ला भए अनुरुप अनावश्यक सेक्स, भद्दा संवाद नरहेको ‘नाइन ओ क्लक’ हाल सम्पादनको अन्तिम चरणमा छ। नायक दत्तले भने आफ्नो छायांकन साथै डविङ पनि भ्याएर लण्डन गइसकेका छन्। लण्डनमा निर्मित उनी अभिनित फिल्म निर्दोष पनि रिलिजको तयारीमा छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by