Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अब हाँस्ने गीत

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
एक समय ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दै रुँदै गीत गाएर चर्चामा आएका प्रकाश पौडेलले त्यसपछि पनि संगीतमा थुप्रै प्रयोग गर्दै मनोरञ्जनात्मक गीतहरु गाउँदै गए।

यस बीचमा उनी गायक मात्र नभएर कलाकार तथा निर्देशक समेत भइसकेका छन्। उनले डा. साव नामक टेलिफिल्म निर्देशन तथा अभिनय गरे भने नाई मलाई केही चाहिदैन र ड्रग्स एक चुनौती नामको फिल्ममा हिरो समेत भए।

अहिले आएर उनी बैंकिङ क्षेत्रमा सक्रिय छन्। सेन्चुरी बैंकमा कार्यरत प्रकाशले पूर्ण रुपमा कलाकारीतालाई त्याग्न सकेका छैनन् र बेला-बेलामा आफ्ना प्रस्तुतीहरु उनी दर्शक श्रोतासँग ल्याइरहन्छन्।

भविष्यमा चलचित्र निर्देशकका रुपमा आउने तयारीमा रहेका प्रकाशले दुवईमा कार्यरत रहँदा-रहँदै फिल्म मेकिङ कोर्ष गर्न भ्याएका छन्।

आमासँग गीतमा आफूले मनपराएकी केटी माग्ने प्रकाशले त्यो काम पनि पुरा गरिसकेका छन्। गएको वर्ष नै विहे गसिसकेका प्रकाशले सायद यही खुसीलाई उतारेका छन् हाँस्दै गीत गाएर।

आफ्नै रचना संगीतमा उनले गएको हप्तामात्र रेकर्ड गराएर एफ.एम. तथा फेसबुकमार्फत रिलिज गरेको उक्त गीतले प्रशंसा र गाली दुवै पाएका छन्। यसमा उनको कुनै दुखेसो छैन। मनोरञ्जन गर्न र गराउन गएको हुँ जसले जुन समयमा लिए पनि त्यसलाई सकारात्मक रुपमै म लिन्छु। प्रकाशले हास्दै भन्छन् उनी थप्छन् – यो गीत सुपरहीट हुन्छ म भन्दिन तर छि भन्ने छैन र मनोरञ्जन चाहि पक्का दिन्छ। चाँडै उक्त हाँस्य गीतको भिडियो बनाउने सुरसारमा छन् प्रकाश।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by