Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेती नदीले पोखराको २१ घर डुबानमा

माधव,रञ्जन अधिकारी / एचकेनेपाल डट कम-
पोखरा, असार २८ । अविरल वर्षापछि सेती नदीमा आएको बाढीले पोखरा रामघाट क्षेत्रका २१ घर डुबानमा परेको छ।

गएराति करीब १२ बजे आएको बाढीले रामघाट भट्टकोबारीस्थित बस्ती नै डुबानमा परेको हो। डुबानमा परेका २९ जनालाई राती नै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीले उद्धार गरेका छन्।

तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

मध्यराति बाढी आएपछि उनीहरुको विचल्ली भएको थियो भने अहिलेपनि उनीहरु त्रसित अवस्थामा रहेका स्थानीयबासी खेमनारायण खनालले बताए। मध्यराति एक्कासी बाढी आई रामघाट क्षेत्रमा बस्ती डुबाएपछि ठूला घरका छतहरुमा बसी त्यहाँका बासिन्दाले ज्यान जोगाएका थिए। रामघाट क्षेत्रमा राति ३ बजेसम्म ठूलो ताल बनेको थियो भने अहिले नदीमा पानीको वहाव घटेर पहिलेकै आयतनमा फर्केको छ।

बाढी आएको खबर पाएलगत्तै गएको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीले उद्धार शुरु गरेका थिए। उद्धारको लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई उद्धार गरेको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार याम्दी खोलामा पानीको बहाव बढ्दा केही घरहरुमा पानी पसेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by