Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकार काफ्ले निर्देशनमा

धरानमा रस जम्दै
एचकेनेपाल डट कम संवाददाता –
धरान, २६ असार । सधै समाचारको खोजीमा हुने धराने सञ्चारकर्मी सन्तोष काफ्ले उर्फ टुपी सन्तोष सोमवार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका परिसरमा फरक रुपमा देखा परे।

विगत १० वर्षदेखि धरानमा रहेर पत्राकारीता गर्दे आएका सञ्चारकर्मी २ पि सन्तोष पृष्ठभूमिमा तिम्रो यादले सतायो मलाई तिम्रो यादले रुवायो मलाई…। बोलको गीत गुञ्जिन थालेपछि चिच्याउदै थिए, क्यामेरा रोल… एक्सन… कट । शनिबारदेखि समाचारको खोजीलाई थाति राखेर सोमबारसम्मको दैनिक क्यामेरा रोल…एक्सन… कट गरेर विताए।

फोटो १ र ५ मा निर्देशन गर्दे काफ्ले वाया र रविन राई दाया तथा क्यामाराका सोम लिवाङ बिचमा

उनी निर्देशनसंगै अभिनयमा पनि व्यस्त भएको थिए। उनले भिडियोमा एक सिन अभिनय समेत गरेका छन्। सानैदेखि अभिनय र निर्देशन गर्ने आफ्नो चाहनालाई यतिबेला जुरेको उनले वताए। उनले भेडेटारको चिसो मौषम र धरानका चिल्ला सडकहरुमा आफ्नो निर्देशकीय चाहाना पोखे। केही म्युजिक भिडियो तथा टेली फिल्म र वृत्तचित्रमा सहयोगीको रुपमा गरिसकेका काफ्ले प्रकाश पौडेलसँग डाक्टर साब हास्यब्यंग टेलिसिरियलमा अभिनय पनि गरिसकेका छन्।

सडक तथा स्टेज नाटकमा समेत निर्देशन र अभिनय गरिसकेका उनले धरानको चर्चित सृष्टि नाट्य समस्हमा अभिनयको प्रशिक्षण पनि लिएका थिए।

टेलिफिल्मी तथा नाटकमा अभिनयसंगै सडक नाटक निर्देशनपछि म्युजिक भिडियो निर्देशन गर्ने उनको चाहाना पूरा गर्ने उनलाई धरानका अनुभवी सम्पाक तथा निर्देशक रविन राईले साथ दिइरहेका छन्। यो भिडियोमा समेत उनले धरानका अनुभवी म्युजिक भिडियो निर्देशक रविन राईसँग संयुक्तरुपमा निर्देशन गरिरहेका छन्।

रस जोडी

सोचे भन्दा निकै गाह्रो भएको तथा पत्राकारीता भन्दा केही कठिन भएको उनको अनुभव रहेको छ। चार मिनेटको गीतको म्युजिक भिडियो छायाङकन गर्न तीन दिन लागेका बताउदै भने पत्रकारिता भन्दा कठिन रहेछ। ‘पहिलादेखि नै अभिनय र निर्देशनमा सोच थियो बल्ल मौका पाएं’ -सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअघि भेटिएका काफ्लेले भने। निर्देशन गर्न अलि गाह्रो भए पनि रमाइलो पनि भएको उनको प्रतिक्रिया छ।

अभिनय गर्दै निर्देशक काफ्ले

म्युजिक भिडियो सम्पादन तथा निर्देशनको राम्रो अनुभव भएका राईसंग काम गर्न पाउदा खुसी लागेको वताउदै काफ्ले अगामी दिनमा रस जोडिको रुपमा काम गर्ने वताए। उनले भने – रविन र सन्तोष रस जोडीले निर्देशनमा निरन्तरता पाउनेछ। रस जोडीले गीत लगतै अरु दुइवटा म्युजिक भिडियो निर्देशन गर्नै तथा वृत्तचित्र र टेलिफिल्म तयार गर्ने योजना पनि बुनिसकेको उनीहरुले बताएका छन्।

काफ्लेसंग पहिलो पटक जोडीको रुपमा काम गरेका राई पनि निक्कै खुसी छ। काफ्लेसंग काम गर्न सहज भएको उनको भनाई छ। उनले पनि यो काम निक्कै राम्रो भएका वताउदै यो जोडीले अव हरेक काम संयुक्त रुपमा गर्ने जानकारी दिए। काफ्ले गायक टिका घिमिरेको गीतमा म्युजिक भिडियो तयार गर्न जुटेका उनी सञ्चारकर्मीसँगै निर्देशनमा हात हालेका हुन् निर्देशक राई निर्देशन र सम्पादनमा धरानका अनुभवी हुन्।

मोडल सुवास र रमा अभिनय गर्दै

उनी एकदशकदेखि सम्पादनको काम गरिरहेका छन् भने थुप्रै म्यजिक भिडियोमा निर्देशनको काम पनि गरिसकेका छन्। मोडल रमा लिम्बू अनुभवी भएपनि अर्का मोडल सुवास आले नयाँ भएकोले पनि केही समय लागको बताउदै रस जोडीले भने एउटा सट लिन १० पटकसम्म रि टेक गर्नुपरेको थियो।

गीतको आशयअनुसार प्रेमिकाले धोका दिएपछि विक्षिप्त बनेका प्रेमीको पीडालाई भिडियोमा उतारिएको निर्देशक रस जोडीले वताए। म्युजिक भिडियो छाँयांकनको केटीलाई प्रेमीबाट खोसेर लाने व्यक्तिको रुपमा छोटो अभिनयमा पनि निर्देशक काफ्ले देखिने छन्।

विगत १० बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय काफ्ले हाल न्युज २४ र मकालु टेलिभिजनमा समाचारदाताकोरुपमा कार्यरत छन्। यो गीतको छाँयांकन सकेर एकसाताभित्रै रिलिज गर्ने उनीहरुले वताए। मोडेल रमाले पनि यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने लगत्तै मैथिली चलचित्र ब्ल्याक मेनमा पनि नायिकाको भुमिकामा अभिनय गदैछिन्। भिडियोमा क्यामेरा भने सोम लिवाङले चलाएका छन् भने सम्पादन राईले नै गर्नै भएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by