एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ असार । कहिले रक्सिले मातेर, कहिले फेसबुकमा अभद्र स्टाटस पोष्ट गरेर र कहिले सगरमाथा चढेर चर्चामा आएका प्रचण्ड पुत्र प्रकाश दाहाल यतिबेला अर्कैकी श्रीमति भगाएको हल्लाले चर्चामा छन्।
प्रकाशले आफूसंगै सगरमाथा आरोहणमा गएकी विद्यार्थी नेतृ सरस्वती क्याम्पसको स्ववियु सभापति बिना मगरलाई भगाएको हल्ला सञ्चारमाध्यममा छाएपछि प्रकाशलाई नेवा राज्य समिति सदस्यबाट निलम्बन गरेको छ। छानबिनका लागि उनलाई निलम्बन गरिएको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताएका छन्।
बुधवारदेखि परिवारको सम्पर्क नआएका प्रकाशको फोनसमेत स्वीच अफ छ। असार २० गतेदेखि बेपत्ता भएका प्रकाश र बिनाको फेसबुक एकाउण्ट पनि डिएक्टिभ छन्।
बिनाका श्रीमान शंकर अधिकारी अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुन्। त्यस्तै, माओवादी सचिव पोष्टबहादुर बोगटी दिवाकरकी छोरी प्रभासंग विहे गरेका प्रकाशले प्रभासंग सम्बन्ध विच्छेद गरी पोखराकी श्रृजना त्रिपाठीसंग मागी विवाह गरेका थिए। उनीबाट प्रकाशको एक छोरा छन्।
यसअघि, सगरमाथा आरोहण टोलीमा संगै रहेका प्रकाश र विनाबीचको सम्बन्ध झाँगिदै गएको हल्ला चलेको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस