एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सबैले मिलेर एक्लाउनु पर्ने बताएका छन्।
नेपालले आइतबार पोखरामा संचारकर्मीसँग बोल्दै भट्टराईले सत्ताको दुरूपयोग गरेकोले सबैले मिलेर एक्लाउनु पर्ने बताएका हुन्।
उनले सत्ताको दुरूपयोग गरेको आरोप लगाउंदै सहमतिबिना राज्य सञ्चालन गरेका भट्टराईलाई छिट्टै सद्बुद्धि आओस भनेर व्यङ्ग गरे
तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम
राष्ट्रपतिले यो सरकार काम चलाउ सरकार भएको बताएपनि प्रधानमन्त्रीले सुनेर पनि नसुनेको झै बसेको उनको आरोप थियो।
राजनीतिक सहमतिबिना बाबुराम भट्टराई नेतृत्व सरकारलाई पूर्ण बजेट ल्याउने कुनै अधिकार नभएको बताउंदै नेता नेपालले संविधानले पनि पूर्ण बजेट ल्याउन नदिने बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस