Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रञ्जना भइन् मिस मगर पोखरा

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम
पोखरा, २४ असार । २३ प्रतियोगीलाई पछि पार्दै रञ्जना थापामगरले मिस मगर पोखराको दोश्रो संस्करणको ताज जितेकी छन्।

सबै तस्विरहरूः उमेश पुन / एचकेनेपाल डट कम

नेपाल मगर संघ, कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा निर्णायकले सोधेको प्रश्नको उपयुक्त जवाफ दिँदै उनी मिस मगर पोखरा-२०१२ को ताज पहिरिन सफल भएकी हुन्।

त्यसैगरी, फष्ट रनर अपको उपाधि अनिता थापामगर, सेकेण्ड रनर अपको उपाधि शान्ति तिलिजामगर र थर्ड रनर अपको उपाधि मेनका थापामगरले जित्न सफल भइन्।

त्यस्तै, विभिन्न टाइटल जित्ने मगर सुन्दरीहरूमा मोष्ट इनोसेन्ट सरिता रानामगर, वेष्ट स्पीच निर्मला थापामगर, वेष्ट डान्स मोनिका पुनमगर, मोष्ट पङ्चुअल सिर्जना गाहामगर, वेष्ट स्माइल सविना आलेमगर, वेष्ट हेयर मीना पुनमगर, वेष्ट वाक शर्मिला पुनमगर, वेष्ट पर्सनालिटी दुर्गा थापामगर, मोष्ट फ्रेन्ड्ली लीला श्रीसमगर, मोष्ट चार्मिङ कला रानामगर, मोष्ट डिसिप्लिन माया रोकामगर, मोष्ट पपुलर बबिता थापामगर, मोष्ट ब्यूटिफुल इन कल्चरल ड्रेस सीता थापामगर, वेष्ट फोटोजेनिक मनिषा थापामगर, मोष्ट फ्लुएन्ट इन मगर ल्याङ्ग्वेज लक्ष्मी थापामगर, वेष्ट ट्रेनी ऋतु थापामगर, भ्युअर्स च्वाइस सौरभी पुर्जामगर, मोष्ट कन्फिडेन्स इनिशा थापामगर र मोष्ट ट्यालेन्टेड स्वर्णिम थापामगर छन्।

मिस मगर पोखराको निर्णायकका रूपमा नेपाल मगर संघका केन्द्रीय महासचिव समेत रहेका चलचित्र निर्देशक नवीन रोकामगर, मिस मंगोल-२०१२ की उपाधि बिजेता सपना रोकामगर र रेडियो वालिङका प्रबन्ध निर्देशक एवं पायोनियर कलेज, वालिङका उप-प्राध्यापकसमेत रहेका गुमानसिंह रानामगर थिए।

प्रतियोगिताको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले गरेका थिए। कार्यक्रम राति अबेरसम्म चलेको थियो।


CLICK HERE TO VIEW MORE PHOTO

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by