आनन्द श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, हङकङमा बस्ने नेपालीहरुले पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय धरानका १२ जना विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै एउटा गाडी खरिद गर्न समेत आर्थिक सहयोग पुर्र्याएका छन्।
हङकङबाट आएका धन थापा र श्रीमती विध्या थापाले शैक्षिक वर्ष २०६९ को लागि १२ जना अन्धा छात्रछात्रालाई एक बर्ष पढ्न र खानाको लागि १ लाख ४४ हजार रुपैया प्रदान गरेका हुन्। विद्यालयकी प्रधानध्यापक केशरी थापालाई रकम हस्तान्त्तरण गर्दै थापाले छात्रवृत्ति रकम आगामि बर्षपनि निरन्तर प्रदान गर्ने बताए।
सो रकमहरु धन थापा र उनकी श्रीमतीलगायत संगीतकार दिनेश सुब्बा, कालु घले, वाईवी राई,ललित आङ्गवुहाङ्ग,पशन तमू,टंक सम्वाहाम्फे,रविन श्रेष्ठ र नरहाङ्ग राईले प्रदान गरेका थिए।
धन थापाले विगत ३ वर्षदेखि २ जना विद्यालयका लागि बार्षिक खर्चमा सहयोग पुर्याउदै आएको कुरा प्रधानाध्यापक थापाले बताईन्।
हाल कक्षा दशसम्म अध्ययन हुने सो विद्यालयमा २३ जिल्लाका ९० जना अन्धा छात्राछात्रहरु आवासिय रुपमा अध्ययन गर्दै आएका छन्। ४० जना विद्याथीलाद्या सरकारले छात्रवृति दिने गरेता पनि अन्य ५० जनाको लागि दाताहरु खोज्नु पर्ने भएकोले विद्यालय चलाउन निकै गाहो पर्ने बताउदै प्रधानध्यापक थापाले यस्ता विद्याथीहरुलाई छात्रवृत्ति दिने दाताले पनि एक वर्ष दिएर छाड्ने गरेमा अर्ठ्यारो पर्ने भएकोले निरन्तर दिन अनुरोध गरिन्।
हङकङमा बस्ने नेपालीहरुबाट सहयोग संकलन गरी सोही विद्यालयलाई गाडी खरिद गर्न ३ बर्षअघि ६ लाख रुपैया धन थापाकै हातबाट हस्त्तान्तरण गरिएको थियो। हाल सो गाडीले अन्धा विद्यार्थीहरुलाई विमारी पर्दा शैक्षिक भ्रमणमा जानु पर्दा प्रयोग गर्ने गरेका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस