एचकेनेपाल डट कम संवाददाता-
रौतहट, २१ असार । प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीले गोली चलाउंदा रौतहटको महमदपुरमा एक जना स्थानीयको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीपुर महमदपुर ६ का ३० वर्षीय रमोद साह रहेका छन्।
स्थानीयबासीले सडक अवरूद्ध पारेपछि प्रहरी र स्थानीयबीच झडप हुंदा स्थिति नियन्त्रण लिन प्रहरीले ६ राउण्ड हवाइ गर्नु परेको थियो। प्रदर्शनमा उत्रेका स्थानीयबासीले प्रहरी बिटसमेत जलाएका छन्।
झडपमा प्रहरी निरीक्षक सुमन लामिछानेसहित ९ जना प्रहरी र अरु ९ ना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये गम्भीर दुईजनालाई उपचारको लागि काठमाडौ लगिएको छ।
गत साता जन्ती लिएर गएको ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको थियो। ट्याक्टर चालक निर्दोष रहेको भन्दै उनको रिहाईका लागि स्थानीयबासीले सडक अवरूद्ध पार्दै प्रदर्शन गरेका थिए।
घटनास्थलमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस