Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काग्रेस एमालेले रोकेर पनि बजेट रोकिदैनः अर्थमन्त्री पुन (Video)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ असार । अर्थमन्त्री वर्षामान पुन अनन्तले काग्रेस र एमालेले अवरोध गरे पनि सरकारले पूर्ण बजेट ल्याई छाड्ने ठोकुवा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा अर्थमन्त्री पुनले मन्त्री परिषदले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रपतिले समेत रोक्न नसक्ने दावी गरे।

साक्षात्कारमा उनले भने- बजेट ल्याउने सरकारको काम हो । यो राष्ट्रपतिले त रोक्न सक्नु हुन्न,प्रतिपक्षले अबरोध गर्दैमा बजेट रोकिन्दैन, द्वन्द्वकाबीच पनि नियमित प्रकृयाअनुसार नै पूर्ण बजेट आउँछ।

प्रतिपक्षी दलहरुले राष्ट्रपतिलाई बजेटको विषयमा विवादमा तान्ने काम गरेको आरोप लगाउँदै मन्त्री पुनले भने- मन्त्री परिषदको सिफारिसको निर्णयलाई राष्ट्रपतिले अनुमोदन गर्ने हो, राजनीतिक पार्टीले गर्न नसकेको कुरा राष्ट्रपतिले गर्न सक्दैनन्।

मन्त्री पुनले राष्ट्रपतिको अहिलेसम्मको भूमिका सन्तोषजनक रहेको उल्लेख गर्दै थपे- आफै पनि राष्ट्रपति विवादमा तानिनु हुन्न। अविभावकले गल्ती गरे भने देश दुर्घटनातिर जान्छ। राजा ज्ञानेन्द्रले गल्ती गरेका कारण माघ १९ निम्तिएको उदाहरण हामी माझ ताजै छ।

मन्त्री पुनले बजेटलाई नै केन्द्रविन्दुमा राखेर प्रतिपक्ष दलहरुले मुडभेडमा जान्छन् भन्ने आफूलाई नलागेको स्पष्ट पार्दै जसले जस्तो अवरोध गरे पनि ४ सय २९ अरबको पूर्ण बजेट आउने बताए।

प्रतिपक्ष दलहरुले सरकारले गरेका हरेक कामलाई असंवैधानिक भन्दै विरोध गर्दै आएका दलहरुले अहिले सरकारले असंवैधानिक काम गरेको रहेन छ भन्ने बुझ्न थालेको दावी गर्दै उनले नेपालमा बाहिरि शक्तिले केही नगर्ने भएकोले दलहरु मिलेर नै निकास खोज्नु पर्ने बताए।

पर्यटन, कृषि पूर्वाधारको क्षेत्र र विदेशी लगानी कर्तालाई मैत्रीपूर्ण वातावरण बनाउनका लागि बजेट आउने उल्लेख गर्दै मन्त्री पुनले लाखौं युवाहरु विदेश पलायन हुन बाट रोकेर स्वदेशमै आत्मनिर्भर बनाउने खालेको बजेट आउने दावी गरे।

मलमा ३ अर्ब १० करोड खर्चमा थप गरी ४ अर्ब बनाएकोले अब मलको अभाव नहुने विश्वास ब्यक्त गर्दै यसपटकको बजेट गतवर्षजस्तो घाटामा नजाने आय र ब्यय बारबार हुने खालेको बजेट आउने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by