Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कहाँ दुक्छ घाउ ? हरिभक्त कटुवाल

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-

कतिकति आँखाहरु
बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न
कति आँखा धाँउछन् ।

हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृत्रि्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । यति हुँदाहुँदै पनि नेपाली भाषासाहित्य संसारमा उनी चिरञ्जीबि भए । उनलाई धेरैले माया गरे । नारायणगोपाललाई मन पराउनेले पनि यिनलाई मन पराए र यिनलाई मन पराउनेले पनि नारायणगोललाई मन पराए । वास्तवमा यी नेपाली भाषाका जनप्रिय गीतकार थिए।

वीरबहादुर कटुवालको सहयोगमा विष्णुमाया क्षत्रीनीले हरिभक्तलाई १९९२ साल असार १८ गते भारतमा जन्माएकी थिइन्। अनि यी असम राज्यस्थित ब्रहृमपुत्रको छेउमा अवतरण भएका थिए।

कटुवाल जन्मेको डेड वर्षा ब्रम्हृपुत्रको बाढीले उनको घरै भत्काई दियो । त्यसपछि त्यस घरमा सँधै आर्थिक हाहाकार मात्रै भयो । अनि बीरबहादुर कटुवालले आफ्नो परिवार कहिले यता सारे कहिले उता सारे । तर जताजता गए तापनि त्यस परिवारको आर्थिक खाडल क्रमशः गहिरो भैरहृयो।

कटुवालले स्थानीय स्कूलमै कखरा पढे र असमियाभाषामा नै स्कूले शिक्षा ग्रहण गरे । उनले आइए पनि पढ्न खोजेका थिए तर पार लगाउन सकेनन् । किनभने उनले आइए पढ्दापढ्दै डिगबोईको नेपाली स्कूलमा पढाउन थाले । त्यस स्कूलमा उनी चित्र गुरु र खेलकुद गुरू थिए । त्यसैबेला उनले आफ्ना विद्यार्थीलाई नृत्य र सड्गीत पनि पढाएका थिए। साथै उनले त्यहाँ सोरठी नृत्यको पनि प्रचलन गराएका थिए । उनैका कारणले त्यस ठाँउमा सोरठी नृत्यले पनि लोकप्रियता हासिल गरेको थियो । डिगबोईको विष्णुमन्दिर समितिमा उनले पढाएका विद्यार्थीहरुले पछि नृत्य र गायनमा ख्याति पनि कमाएका थिए।

कटुवाल वाड्मयका बहुआयमिक प्रतिभा थिए । त्यस कालखण्डमा उनले त्यहाँ साहित्य लेखन अनि मूर्त र अमूर्त चित्रकलामा ख्याति आर्जन गरेका थिए । उनैले डिगबोईमा नेपाली भाषामा आधारित नाटक र एकाड्की नाटक खेल्न र खेलाउने प्रथाका जग पनि खनेका थिए।

कटुवालले असमकै सनकसिंह ठकुरी र माया ठकुरीकी छोरी जयकुमारीसँग बिहे गरे। यी दम्पतिबाट तीनछोरी र एक छोरा जन्मे । त्यसपछि स्वास्नी, छोराछोरी पाल्न यी क्रियाशील भए। तर जता गए पनि अन्ततः उनी हारेरै र्फकन्थे। कटुवाल चञ्चले थिए । त्यसैले उनले स्कूलको जागीर पनि थेग्नै सकेनन्। अनि उनी हेल्थ इन्स्पेक्टरमा कार्यरत भए। त्यहाँ पनि उनी टिकेनन्। उनले फेरि मन बराले। अनि केही सिप नलागेपछि उनले तरकारी पसल थापे। त्यतिबेला उनी मिर्मिरेदेखि रातिसम्म सब्जीमण्डीमा नै पलेटी कसेर बस्थे। तरकारी व्यापारमा पनि उनी टिकिरहन सकेनन् र अर्को व्यवसायको खोजिमा लागे। परिणामस्वरुप उनले पर्देशी होटल खोले। उनको होटलमा पनि उधारो भात खानेको जनसंख्याको चाप बढ्न थाल्यो। अनि होटल सुकेनास झैं गल्न थालेपछि उनले त्यस ठाँउबाट पनि आँसुले हात धोए। यतिहुँदाहुँदै पनि उनी साहित्य र संस्कृति गतिविधिमा लागि बस्थे।

कटुवालले आफ्नै बुताले साँस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठीहरुको आयोजना गरिरहन्थे। उनको हरेक सास फेर्राईमा वाड्मय हुन्थ्यो । त्यसैले उनी भोकतीर्खै वाड्मयमा नै समर्पित थिए । त्यसैबेला उनैको सम्पादनमा मूक्ति र हिमालय साहित्यिक पत्रिका प्रकाशित भए। त्यस बखत त्यहाँ उनी नेपाली साहित्य, सड्गीत र पत्रकारिताका क्षेत्रमा सुप्रसिद्ध भैसकेका थिए। त्यही रौनकले उनको र्सवत्र चर्चा र परिचर्चा पनि हुन थालेको थियो।

२०२४ सालमा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएको थियो। त्यस सम्मेलनमा असमबाट हरिभक्त कटुवालले भाग लिएका थिए। त्यतिबेला केदारमान व्यथितले उनलाई काठमाडौं आउने निम्ता दिए। त्यसपछि २०२६ सालमा उनी असमबाट काठमाडौं आए।

काठमाडौंमा प्रवेश सँगसँगै कटुवालले काम पनि पाए। त्यसबेला उनलाई व्यथितको पहलमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञाको प्रबन्ध सम्पादकमा भर्ना गरियो। त्यही समयमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वरवल्लभ, भूपी शेरचन, उत्तम कुँवर र अम्बर गुरुडका सर्म्पर्कमा पनि पुगे।

केदारमा व्यथितले स्थापना गरेको नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो। अनि त्यस ठाँउमा साहित्यिक व्यक्तिहरुसँग कटुवाल रक्सी खाई बस्थे। त्यतिबेला उनीसँग साँगी लाग्न घरिघरि भूपी शेरचन र इश्वरवल्लभ पनि पुग्ने गर्थे। रक्सी खाएका बेला कटुवाल निहुँमात्रै खोज्थे। त्यसैले विजुली खाएका बेला उनका छेउ स्रष्टाहरु प्रायः जान मान्दैन थिए। रत्नशमशेर थापाका अनुसार रक्सी खाएर मातेका बेला एकपटक कटुवालले भूपी शेरचनको लुगा नै च्यातिदिएका थिए।

धेरै ठेस लागेपछि कटुवालले जीवन बुझ्दै जान थाले। उनको जीवनको विशेषता उनी इमान्दार थिए। जस्तै कठोर जरीमाना भोग्नु परे पनि उनी असत्य बोल्दैन थिए। यस्तो राम्रो मान्छे पनि जिन्दगीलाई जित्ने नसकेर रक्सीमा डुब्न थाले। अनि त्यही रक्सीले उनलाई डुबाई दियो।

२० वर्षको उमेरदेखि कटुवालले आफ्ना रचना पत्रपत्रिकामा छपाउन थाले। लेख्तालेख्तै यिनले काठमाडौं आउँदा एउटा गीतसड्ग्रह, एउटा कविता सड्ग्रह र एउटा खण्डकाव्य लिएर आएका थिए। काठमाडौं आएपछि उनले ‘यो जिन्दगी खै के जिन्दगी’ प्रकाशनमा ल्याए। त्यसै कवितासड्ग्रहले यिनलाई चर्चाको शिखरमा पुर्यायो। त्यसपछि उनले कथासड्ग्रह ‘स्पष्टिकरण’ प्रकाशित गरे। अनि उनको शेषपछि भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा ‘वदनाम मेरा यी आँखाहरु’ प्रकाशनमा आयो। त्यस कृतिमा पनि उनका कलजयी गीतिकविता सङ्ग्रहित भए।

मलाई नसोध
कहाँ दुक्छ घाउ
म जे छु ठीकै छु
विथोल्न नआउ !

कटुवालले धेरै रक्सी खाए । काठमाडौंका प्रायः बुद्धिजीवीहरू यिनको तालबाट दुखित हुने क्रम जारी थियो। नेपालमा उनले आफ्नो ज्यान थाम्न नसकेपछि उनी आफ्नै देश फर्के। त्यहाँ पाइला टेक्तानटेक्तै फेरि उनलाई अल्सर भयो। अनि २०३७ साल भदौ २५ गते उनी असममै खसे। त्यसबेला उनी ४५ वर्षको उमेरमा हिंड्दै थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by