आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, १ जुलाई। चीनको भ्रमण सकेर हङकङ हुदै नेपाल फर्कने क्रममा हङकङ आइपुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतवार हङकङमा कालो झण्डासहित विरोध प्रर्दशन गरेको छ।
तस्विरहरूः जगतअम्बु गुरूङ र आम्भु जेठा/ एचकेनेपाल डट कम
याउ मा तेईस्थित एक चर्चको हलमा माधवकुमार नेपाल प्रमुख अतिथि रहेको एमालेको कार्यक्रममा हङकङका स्थानीय नेपालीहरुले कालो झण्डासहित विरोध प्रर्दशन गरेका हुन्।
विरोधमा संघीय विरोधितत्व मुर्दावाद, एकल जातीय पहिचान सहितको संघीय राज्य जिन्दावाद, नेपाली आदिवासी जनजातिहरु एक होऔं लगायतका नाराहरु लगाएका थिए।
कार्यक्रमका लागि उपस्थित भएका जनसंख्या भन्दा धेरैको संख्यामा आएको समूहले एकल जातीय पहिचान विरोधी भन्दै कालो झण्डा हातमा लिएर हलभित्र प्रवेश गरि प्रर्दशन सुरु गरेका थिए। प्रर्दशनलाई एमालेको कार्यकर्ता तथा नेताहरुले रोक्ने प्रयास गरेका थिए। केही वेरको नारा जुलुस सहितको प्रदर्शनपछि प्रर्दशनकारीहरु आफै वाहिरिएका थिए। प्रदर्शन अवधिभरी कार्यक्रमनै ठप्प भएको थियो।
नेकपा एमाले र नेपाली कांग्रेस एकल जातीय पहिचानसहितको संधीय राज्य विरोधी भएकोले संविधान सभा भंग भएको प्रर्दशनकारीहरुले वताए। पहिचान सहितको संघीय राज्य एमाले र कांग्रेसले मानिदिएको भए नेपालमा संविधान वन्ने थियो। पहिचान विरोधीनै जनजाति विरोधी हो भन्दै उनीहरुले आक्रोस पोखेका थिए।
हङकङमा एकल पहिचान सहितको संघीय राज्य विराधी नेतालाई कालो झण्डा सहितको विरोध प्रदर्शन गरेको प्रवासमै सम्भवतः पहिलो पल्ट हो। एकल जातीय पहिचान विरोधीहरुलाई अव हङकङमा सधैं यसरी नै विरोध गर्ने प्रदर्शनकारीहरुले बताए। उनीहरुले आउने दिनहरुमा यस्ताखाले विरोधीहरु नसुध्रिएमा जुत्ताको माला र कालो मोसो लगाइदिने चेतावनीसमेत दिए। एकल जातीय पहिचानवादीहरुले यसरी नै अन्य देशहरुमा पनि विरोध गर्ने पनि जनाए।
थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्