Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

यातायात मजदुर आफ्नै गीतमा नाचे

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, अरु वेला मायां प्रीतिको गीत मात्र सुन्नु पर्ने र नाच्नु पर्ने यातायात मजदुरहरु धरानमा शनिवार आफ्नै बारेमा लेखिएको गीतमा कम्मर मकाई मकाई नाचे।

गीति एल्बम यात्रा भाग १ को विमोचन गर्न धरान आईपुगेका नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमालले साउण्ड सिस्टमको बटन थिच्ना साथ राजेशपायल राईले स्वर दिएको “ड्राईभर दाई स्टेयरिंग घुमाउदै आऊ घुम्ति बाटोमा, खलासी भाई हथौडी रेन्ची उठाउ दुवै हातैमा, हरण बजाउदै कहिले मेची कहिले काली देश डो्याउदै” बोलको गीत घन्किन थालेपछि यातायात मजदुरहरु मञ्च अघिको खुल्ला ठाउमा झुम्मिएर ननाचि सुखै पाएनन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३३ स्थापना दिवस र प्रतिनिधि परिषदको भेलाको अवसरमै एल्बमको लोकार्पणसमेत राखिएकाले मेचीदेखि महाकालीबाट प्रतिनिधि भएर धरान आएका मजदुरहरुले धित मरुन्जेल नाचेनन् मात्र गीतमै भावुक पनि बने।

बिमला बिकले आफ्नै शव्दमा गाएको ए ड्राईभर दाई कसले मायां गर्छ तिमीलाई, बुझ्नेले त भन्छन तिमीलाई अचानकमा पर्यो नबुझ्नेले भन्छन गाडी ब्याक सारेर मार्यो.. बोलको गीतले करिव छ सय सहभागीहरुलाई एकै छिनमा भावुक बनाएको थियो।

यात्रा भाग १ मा चर्चित गायकहरु राजेशपायल राई, नेपाल तारा दिपक लिम्बू तथा मजदुर नेता तथा पत्रकारको परिचय बनाएका भीमज्वाला राईले समेत एल्बममा स्वर भरेका छन् भने अर्की मजदुर नेतृ बिमला बिकको सुरिलो स्वर समेत एल्बममा सुन्न सकिन्छ।

स्व. गोविन्द विकल, राजेश विद्रोही, भीमज्वाला राई, अर्जुन अर्याल र बिमला बिकको शव्दमा ओमप्रकास राईले एकल संगीत गरेका छन् भने अशोक राईले संगीत संयोजन गरेका छन्।

भीमज्वाला राईको दुइबटा शव्द ड्राईभर दाई स्टेयरिंग घुमाउदै आऊ घुम्ति बाटोमा र बादलको फेरो समाई उडौं लाग्छ आकाशमा बोलको गीतमा राजेश पायल राईले स्वर दिएका छन्। त्यस्तै स्व. गोविन्द विकलको एक मुठि पसिना एक मुठि प्राण र अर्जुन अर्यालको मेरो जागीर मेरो यात्रा बोलको गीतमा दिपक लिम्बूले गाएका छन्।

त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा व्लाष्ट र्टाईम्सका कार्यकारी सम्पादक राजेश विद्रोहीको गाडीको चक्कासंगै घुम्छ जिन्दगानी बोलको गीतमा भीम ज्वाला राईले र बिमला बिकको ए ड्राईभर दाई बोलको आफ्नै शव्दमा स्वर दिएकी छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३३ औं स्थापना दिवस तथा संगठनको स्तम्भ अनावरणको अवसरमा गीति एल्बमसमेत सार्वजनिक गरिएको थियो। प्रत्येक वर्ष एल्बम बजारमा ल्याईन लागिएको संगठनका केन्द्रीय अध्यक्ष राजीव घिमिरेले जनाएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by