Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ट्राफिक प्रहरीले नै चोरीको मोटरसाईकल लुकाएपछि

अमित अग्रवाल / एचकेनेपाल डट कम-
बीरगंज, ११ असार । बीरगंजको बिभिन्न स्थानमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा चोरीको आशंकामा पक्राउ गरेको मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख लक्ष्मणसिंह ठकुरीले सम्बन्धित निकायमा नबुझाएर घर लाने तयारी गरि रहेको समाचार प्राप्त भएको छ।

बीरगंजबाट करिव तीन महिना पहिला वीरगंजको माईस्थान चोकबाट चेकजाँचको क्रममा चोरीको आशंकामा ट्राफिक प्रहरीका जवानले पक्राउ गरेको ना १८ प ३९४९ नम्बरको कलेजी रंगको होण्डा साईन मोटरसाईकल पक्राउ गरेर कार्यालयमा बुझाए पनि ट्राफिक प्रमुख प्रनि ठकुरीले आफैले चढ्ने गरेका छन्।

ट्राफिक प्रहरीले पक्राउ गरेको नक्कली नम्बरको होण्डा साईन मोटर साईकल यातायातको अभिलेख अनुसार यातायातमा दर्ता भएको हिरो होण्डा कम्पनीको डियो रातो रंगको स्कुटी यातायातले दिएको सहमति अनुसार गण्डकी अंचलको नाममा ०६८/२/५ गतेमा सहमतिमा गई सकेको यातायात कार्यालयले जनाएको छ।

त्यसैगरी ०६९/३/५ गते बीरगंजको पावर हाउस चौकबाट चोरीको आशंकामा चेकजाचको क्रममा ना ५ प ४५६७ नम्बरको निलो रंगको हिरो होण्डा मोटरसाईकल नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ। चेकजाँचको क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको यो हिरो होण्डा कम्पनीको मोटरसाईकल धनी जिल्ला खोटाङका भस कृष्णा भट्टराईको नाममा रातो रंगको मोटरसाइकल रहेको यातायातले जनाएको छ।

बीरगंजको माइस्थान चौक र पावर हाउस चौकमा पक्राउ परेको मोटरसाईकल ट्राफिक प्रहरी प्रमुख ठकुरीले आफूले घर लाने उद्धेश्यले कसैलाई जानकारी नदिएर कार्यालयको सिढी मुनी लुकाएर रोखेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ठकुरीको नियत ठीक हो भने पक्राउ गरेको चोरीको मोटरसाईकल सार्वजनिक गर्र्नुपथ्र्यो। तर प्रनि ठकुरीले चोरीको मोटरसाईकल कहिले कार्यालयको सिढीमुनी लुकाउछन् त कहिले आफनो घर लिएर जाने गरेको ट्राफिक कार्यालयका ट्राफिक जवानहरु बताउछन्। कानुनको पालना गराउने र यातायात क्षेत्रको अपराध नियन्त्रण गर्नुपर्नेमा उल्टै आफैँले गैरजिम्मेवार र राजश्व छल्ने कार्यमा संलग्न हुनुले सानालाई ऐन ठुलालाई चैन भन्ने उखानको चरीतार्थ भएको छ। चोरीको गाडी पक्राउ गरेपछि सार्वजनिक गरेर संबन्धीत निकायमा पठाउनुको साटो आफ्नो घरमा लैजाने र व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने प्रनि ठकुरीलाई कसले कारवाही गर्ने प्रश्न चिन्ह खडा भएको छ।

उता रजतजयन्ती चौकमा रहेको ट्राफिक प्रहरीका ट्राफिक प्रहरी नायव निरीक्षक शुक बहादुर बिकले आर्दशनगरमा पसेका भारतीय ट्रकहरुसंग जबरजस्ती रकम असुल्ने गरेको बीरगंज आर्दशनगरका उधोगी ब्यापारीहरुले गुनासो गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by