Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जनजाति नेताद्वय आङकाजी र पृथ्वीसुब्बा (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २५ जुन । नेपाली आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा र विघटित आदिवासी जनजाति सभासदसभा (ककस) का संयोजक पृथ्वीसुब्बा गुरूङ आइतवार हङकङमा आयोजित जानकारीसभामा बोल्दै।

तस्विरहरूः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।


याउ मा तेइस्थित हेन्री जि लियोङ कम्युनिटी सेन्टरमा भएको जानकारी सभामा शेर्पा र गुरूङले नेपाली आदिवासी जनजाति आन्दोलन र संविधानसभा विघटनको सम्बन्धमा बोलेका थिए। जानकारी सभामा बोल्दै महासंघका सचिव शेर्पाले देशविदेशबाट जनजाति पार्टी खोल्नु पर्ने चर्को दबाव आएका बताए। ककस संयोजक तथा एमाले पोलिटब्युरो सदस्य गुरूङले अहिलेकै पार्टीमा रहेर मोर्चाबन्दी गर्दै जाने वा छुट्टै पार्टी खोल्ने भन्ने बिषयमा छलफल चलिरहेको बताए। जानकारी सभा नेपाली आदिवासी जनजाति महासंघ हङकङले आयोजना गरेको थियो।


CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by