Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दिपीका भइन् ‘एसएलसी प्रिन्सेज’

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० असार। सिजन मिडिया प्रालिको आयोजनामा शनिवार सम्पन्न यस वर्षको एसएलसी प्रिन्सेज २०१२ प्रतियोगिताको उपाधि काठमाडौं चक्रपथकी दिपीका कार्कीले जितेकी छिन्।

प्रतियोगितामा बानेश्वरकी सम्पदा चापागाईं फष्ट रनरअप र बुढानिलकण्ठकी मेरीना लामा सेकेण्ड रनरअप भए। त्यसैगरी, सरिता वस्नेत थर्ड रनरअप र क्रिस्टल केसी फोर्थ रनरअप भएका छन्।

गुहेश्वर उच्च माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी दिपीकाले यो उपाधिसहित काठमाडौं बार्सा कलेजबाट ३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, ल्यापटप र मोबाइल फोन हात पारेकी छन्।

तस्विर सौजन्य: सिजन मिडिया

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by