Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राजेशपायल र तक्मे बुढा हङकङमा

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २३ जुन । नेपालका चर्चित गायक राजेशपायल राई र मेरी बास्सैका हास्यकलाकार विल्सनविक्रम राई (तक्मे बुढा)लगायतका कलाकारहरूले शनिवार साँझ हङकङमा आफ्ना लोकप्रिय प्रस्तुतीहरू दिए।

खोटाङ समाज हङकङले आयोजना गरेको खोटाङ हलेसी साँझ दोस्रोमा गायक राजेशपायल राईले सर सर मायाको रंग भर, तिम्रो मायाँ तिम्रो मुस्कान मेरो प्राण, खास त केही छैन, दिक्तेल बजार हितैको मायाँलाई हेला नगर, बल्ल भेट भो आदम्बे, मोहनी लाग्ला है र लिम्बू भाषाका गीत गाएका थिए।

नाइन्टीन फोउन्टीनको चर्चित थेगोसंगै दर्शकलाई पेट मिचीमिची हसाउंने तक्मे बुढाले मखमली पछ्यौरी गीतमा महिला पुरूष दुबै भएर उतिक्कै हसाँएका थिए। दर्शकबाट वान्स मोरको डिमाण्ड पाएका नृत्यलाई उनले पुनः दोहोर्र्याएर नाचेका थिए।

उनीहरूसंगै नेपालबाट आएका कलाकारहरू सन्तोष दुमि राई, पार्वती राई र रेखा थापामगरले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। उनीहरूलाई स्थनीया कलाकारहरू रविन राई र मगर संघ हङकङका कलाकारहरूले साथ दिएका छन्।

तस्विरहरूः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम


CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by