सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ९ असार। अगामी साउन ५ गतेदेखि देशभर एकै साथ प्रदर्शनमा आउने फरक धारको चलचित्र ‘हाइवे’ को टिम यतिबेला चलचित्रको प्रमोशनमा पूर्व नेपाल आइपुगेको छ।
बन्द हड्तालसंगै त्यसबाट पर्ने असरका विषयमा वनाइएको सो चलचित्रको टिमले प्रमोशन फरक तरिकाले धरानबाट सुरु गरेका छ।
निर्देशक दिपक रौनियारसहितको टोलीले शनिवार धरानको भानुचोकको हाइवे चलचित्रमा समावेश भएको एक गीतमा नृत्य गर्दै सुरु गरेको हो।
विभिन्न बहानमा हुने वन्द हड्तालका कारण पर्ने साइकोलोजिकल असर तथा हाइवे वन्द हुंदा प्राभावित हुने क्षेत्र र त्यससंग सम्वन्धित व्यक्तिको कथामा आधारित चलचित्रको प्रमोसन पनि कोशी राजमार्गमा पर्ने धरानको भानुचोक क्षेत्रको हाइवेबाट सुरु गरिएको हो।
प्रमोशनको लागि चलचित्रमा समावेश भएको मेरो यो मन चाल रसिलो बोलको गीतमा स्थानीय युनाइटेड मल्टि आर्टसका कलाकारहरुको नृत्य प्रस्तुत गरिएको थियो। चलचित्रको कथा इलामबाट हिडेको एक बस केन्द्रित रहेने तथा लाहुरे, बार डान्सर, समलिङ्गी, प्रेम सम्वन्ध र अन्तरजातीय विवाह गरेका चिकित्सकको कथा चलचित्रमा समावेश गरिएको निर्देशक रौनियारले बताए।
नेपाली चलचित्रको ५० वर्षे इतिहासमा पहिलो पटक वर्डलिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पर्न सफल पहिलो नेपाली चलचित्र नेपालमा पहिलो पटक फाइभ डी (5D) क्यामेरा ले खिचिएको हो।
पूर्वाञ्चलको पर्यटकीय स्थल इलाम, धरान, दमकलगायतका स्थानमा छायांकन गरिएको सो चलचित्रमा अधिकाश पूर्वकै कलाकारको बेजोड प्रस्तुति रहेको निर्देशक रौनियारको भनाई रहेको छ।
चलचित्रमा ऋचि शर्मा, सौगात मल्ल, दयाहाङ राई, कर्मा, निर्मला राई, आशा मग्राती,बाल कलाकार संस्कृति रिमाल, अम्बिका बस्नेत तथा अल्पना कर्मचार्यलगायतका कालाकारहरुको अभिनय रहेको छ।
चलचित्र ‘हाइवे’को ट्रेलर