Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एमाले नेता राजेन्द्र श्रेष्ठद्वारा जनजाति पार्टी खोल्ने घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ असार। नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले एमालेको सात प्रदेशको प्रस्ताव आदिबासी जनजातिको भावनाविपरित भएकोले त्यसलाई तत्काल नसच्याए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले नयाँ पार्टी खोल्ने तयारी जारी रहेको जानकारी दिदै आफूहरुले खोल्ने पार्टी जातीय पार्टी हुने बताए।

साक्षात्कारमा श्रेष्ठले बहुपहिचानमा आधारित एमालेको सात प्रदेशको संघीयता आफूहरुलाई मान्य नभएको भन्दै यस्तो अवस्थामा एमालेमा बसिरहन नसक्ने स्पष्ट पारे।

उनले भने-म एमालेको लागि मात्रै जन्मेको होइन। एमालेले निस्कासन गरे म आङकाजी बन्न तयार छु। हात खुट्टा बाँधेर सिस्नोले हानेर एमालेभित्र बसिरहनु पर्छ भन्ने छैन।

एमाले, नेपाली काग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै अब पार्टीको नाम नेकपा नेपाली काग्रेस राख्न सुझाव दिए। एमाले खस र आर्यनको पार्टी बन्न खोजेको भन्दै मोहन बैद्यले नेतृत्व गरेको नेकपा, माओवादीसँग आफूहरुको कुनै सम्बन्ध नभएको स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by