Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दीपक मनाङ्गेसहित ६४ डनहरूको घरमा छापा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ असार । प्रहरीले दीपक मनाङ्गेसहित ६४ डन तथा गुण्डागर्दीमा संलग्नहरूको घरमा शनिवार विहान छापा मारेको छ।

प्रहरीले छापा मारेर दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत १६ जनालाई पक्राउ गरेपनि पछि रिहा गरेको छ।

यसअघि, राजधानीमा शंकास्पद गतिविधि बढेको भन्दै प्रहरीले विहान ४ बजे सर्च अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका सुदीप स्थापितबाट प्रहरीले ७ सय ग्राम खैरो हिरोइनसमेत बरामद गरेको महानगरीय प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका थिए। प्रवक्ता सिंहले शनिवार साँझसम्म पक्राउ पर्नेको संख्या अझै बढ्ने जनाएका छन्।

गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात मानिने गणेश लामा लगायतको घरमा भने प्रहरीले छापा मारेन। लामालाई गच्छदारले संरक्षण दिएको स्रोतको भनाई छ।

पक्राउ परेकाहरूलाई राजनीतिक दलका नेताहरूको दवाबमा रिहा गरिएको अनुमान गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by